एक पछि अर्को बज्रपात सहेका डम्बर आखिर जिन्दगीसंग हारे, छोरा गुमाएको एक वर्ष नपुग्दै आफै अस्ताए
काठमाडौ । नेकपा एमाले बाँकेका नेता डम्बर थापाको को रोनाका कारण निधन भएको छ । लामो समय नेपालगन्ज मेडिकल कलेजमा उपचारार्थ रहेका उनको सोमवार निधन भएको हो । एमाले, बाँकेका सचिवालय सदस्य एवं डुडुवा गाउँ कमिटीका इन्चार्ज समेत रहेका थापाको सोमबार दिउँसो सवा दुई बजे निधन भएको एमालेले जनाएको छ ।
वैशाख २५ गते पीसिआर जाँच गर्दा उनी संक्रमित भएो थाहा भएको थियो । उनी तत्काल अस्पताल भर्ना भएका थिए । पार्टीका सक्रिय नेता मात्र नभएर उनी सामाजिक अभियन्ता पनि थिए । युवा संघ, बाँकेका पूर्व अध्यक्षसमेत रहेका थापाको मृत्युले पार्टीले एउटा अभिभावक गुमाएको एमाले, बाँकेका अध्यक्ष सूर्य ढकालले बताए ।
भनिन्छ दुस्मन नलागे पनि दैव नलागोस् । तर कसैको जिवनमा यति धेरै दुख एक पछि अर्को पर्दै जान्छ की कसैले कल्पना पनि गरेको हुँदैन । नेकपा एमाले बाँकेका नेता डम्बर थापाले केही समय यता परिवारमा एक पछि अर्को वज्रपात भोग्दै आए । गत वर्ष असोज महिनामा उनले जवान छोरा गुमाए । बाँकेमा अनुसन्धान प्रहरी रहेका उनका छोरा प्रवीण थापा मगरको अचानक मृत्युले उनी निकै गलेका थिए । उनका जवान छोराको ह त्या भएको थियो ।
जवान छोरा गुमाउनुको पीडा एकातिर थियो भने लामो समय देखि अस्वस्थ्य रहेकी श्रीमतीको पनि सेवा गर्दै आएका थिए । त्यसै क्रममा उनको स्वास्थ्यकर्मी रहेकी छोरीको दुर्घटना समेत भएको थियो । छोरीको २ पटक मोटरसाइकल दुर्घटना भएको थियो । पारिवारिक समस्याले निकै थलिएका उनले अन्तत सं क्रम ण संग हारे । एक पछि अर्को पीडा सहदै आएका उनले जिवनलाई सहज बनाउने कोशिष गर्दै थिए । यहि क्रममा संक्रमित भएका उनी पनि रोग संग भने हारे ।