Intresting

किन्नै नसकिने गरेर बढ्यो सुनको भाउ

काठमाडौं ।

सुनचाँदी बजारमा शुक्रबार छापावाल सुनको मूल्य प्रतितोला ७ सयले बढेको छ। आज छापावाल सुन प्रतितोला एक लाख ५ हजार २ सयमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ।

बिहीबार प्रतितोला एक लाख ४ हजार ५ सयमा कारोबार भएको सुनको मूल्य आज प्रतितोला ७ सयले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला एक लाख ४ हजार ७ सय छ ।

यसको मूल्य अघिल्लो दिन एक लाख चार हजार थियो। त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यको तुलनामा प्रतितोला रु २० ले बढेर एक हजार ३ सय ७५ पुगेको महासङ्घले जनाएको छ।

महासङ्घले अन्तर्राष्ट्रिय बजारमा हुने सुन तथा चाँदीको कारोबार मूल्यका आधारमा यहाँ दैनिक सुन तथा चाँदीका मूल्य तोक्दै आएको छ।

Related Articles

Back to top button