EntertainmentNews

अनमोल केशी, पल शाह र प्रदीप खड्का मध्ये को महंगो गाडी चढ्छन् ? (हेर्नुहोस)

काठमाडाैँ – हामीले सधै फिल्मी पर्दामा देखिरहने कलाकारको जिवनशैली कस्तो होला भनेर हामी सबैलाई जिज्ञासा लाग्न सक्छ । र यो जिज्ञासा लाग्नु सामान्य कुरा हो । नेपाली सिनेमा क्षेत्रका कलाकारहरु प्राय सबैले गाडीचढेर हिँड्ने गर्छन् । अहिले फिल्म उद्योगमा आफ्नै सवारीसाधन नभएका कलाकार भेट्न मुस्किल पर्ने गर्छ । आउनुहोस् आज हामी तिनै चर्चित पुरुष कलाकारहरु कस्तो गाडी चड्छन भनेर हजुरहरुलाई बताउने छौँ ।

१. पल शाह –
नाइँनभन्नु ल ४, म यस्तो गीतगाउछु , सत्रु गते जस्ता हिट फिल्ममा काम गरेका नायक हुन् पल शाह । उनी कहिले फिल्म, म्युजिक भिडियोबाट त कहिले समाज सेवाको कारणले चर्चामा आईरहन्छन । पलले अड्तीस देखि चालिस लाख सम्म पर्ने निसानको सन्नी कार चढ्छन् । पल शाह धेरै फ्यान बनाउन सफल कलाकार हुन् ।

२. प्रदिप खड्का –
प्रदिप खड्का युवायुवतीहरुलाई एकदमै मन पर्ने हिरो हुन्। उनि चड्ने गाडी ‘प्रेम गीत २’का निर्माता तथा कलाकार सन्तोस सेनाले ‘प्रेम गीत २’ रिलिज भएको ५१ दिनको अवसर पारेर उपहार स्वरूप दिएको चर्चा चलेको थियो । कतिपयले उक्त कार सेनले पारिश्रमिक बापत दिएको भनी चर्चा चलेको थियो। उनले हुन्डाईको क्रेटा कार चढ्छन् । यसको मूल्य ४५ लाख भन्दा माथी पर्छ ।

३. अनमोल केसी –
चर्चित नायक अनमोल केसीको लाईफ स्टाईलले पनि निकै चर्चा पाउने गर्छ । उनले चलचित्र होस्टेलबाट नेपाली फिल्मी क्षेत्रमा नायकको रुपमा डेब्यु गरेका थिए । अनमोल निकै लोकप्रीय ब्रान्ड जिपकम्पासलाई आफ्नो यात्राको साधनका रुपमा रोजेका छन्। नेपालमा जिपकम्पासको मूल्य ७३ लाख ९० हजारदेखि एक करोड २४ लाख ९० हजार रुपैयाँसम्म पर्ने कम्पनीले जनाएको छ।

४. राजेश हमाल –
नेपाली चलचित्र क्षेत्रमा निकै लोकप्रिय नाम हो राजेश हमाल । साना बच्चादेखि बुढासम्मले उनलाई चिन्ने गर्छन् । महानायक राजेश हमाल कुन गाडी चढ्छन् होला भनेर तपाईको मनमा गिग्यासा जागेको नै होला हैन त ? महानायक राजेश हमाल पनि झन्डै ९० लाख पर्ने कियाको स्पोटेज गाडी चढ़छन ।

५. भुवन केशी –
चर्चित सदावहार नायक तथा निर्माता भुवन केसी समय समयमा अभिनय र विभिन्न फन्डाका कारण चर्चामा आईरहन्छन । उनी गाडी फेरी-फेरी चड्ने कलाकार हुन। अहिले उनि संग ह्युन्डाइको टोयटा गाडी छ अहिले यस गाडीको बजार मूल्य ५३ लाख देखि ५८ लाख सम्म छ । भुवन केसी चर्चित अभिनेता अनमोल केसीका बुबा हुन् ।

६. धिरेन शाक्य –
गाडी फेरिफेरी चढ्ने अर्का अभिनेता हुन्, धीरेन शाक्य । हिरो बन्नुअघि नै कार कुदाउने गरेका धीरेन आफूले अहिलेसम्म कति गाडी चेन्ज गरेँ, गन्ती नै नभएको दाबी गर्छन् । पहिलो पटक मारुती कार चढेका उनी पछिल्लो समय टोयटा यारिस चढ्छन् । ‘नयाँ मोडल आयो कि किन्न मन लागिहाल्छ,’ उनको भनाइ छ, ‘समयअनुसार चल्नै प-योनि ।

७. केदार प्रसाद घिमिरे –
निकै चर्चित र लोकप्रीय हास्य अभिनेता हुन् केदार प्रसाद घिमिरे यानिकी माग्ने बुढा । मेरी बास्सैबाट निकै चर्चामा आएका माग्ने बुढाले छ एकान छ, छक्का पन्जा लगायत धेरै हिट चलचित्रहरुमा काम गरिसकेका छन् । माग्नेबुढाले सुजुकीको वेगन कार चलाउछन । यसको मूल्य २७ लाख पर्न आउछ ।

८. जितु नेपाल –
मुन्द्रेको कमेडी क्लव चलाईरहेका हास्य अभिनेता जितु नेपालले कार हाँक्न थालेको आठ वर्ष भइसक्यो । उनले सुरुमा मारुती ८०० लिएका थिए । त्यसपछि उनी अल्टो, आइटेन, स्विफ्ट हुँदै हाल ३५ लाख माथी पर्ने आई ट्वान्टी एक्टिभका मालिक भएका छन् । पाँचौँ कार कुदाइरहेका जितु तत्काल कार फेर्ने सोचमा छैनन् ।

९. दिपक राज गिरी –
हाँस्यकलाकारको रुपमा स्थापित हुँदा ३१ लाखको स्वीफ्ट डिजायर चढ्ने गरेका दिपकराज गिरिले ‘छक्का पञ्जा २’को सफलतापछि विशेष सेवा र सुविधासहितको कार किने । उनको नयाँकार टाटाको हेक्जाहो जसको बजार मूल्य झण्डै ८० लाख पर्न आउँछ । यो सँगै दीपकराज गिरी महंगो गाडी चढ्ने सेलिब्रेटीको सूचीमा पनि परेका छन् ।

१० आकाश श्रेष्ठ –
चक्लेटी हिरो आकाश श्रेष्ठ युवा पुस्तामा लोकप्रीय छन । मोडलिङ बाट करियर सुरु गरेका उनले धेरै म्युजिक भिडियो र चलचित्रमा काम गरिसकेका छन् । आकाश हुण्डाईको कार चलाउछन । जसको मूल्य ३५ लाख भन्दा माथी पर्छ ।

११. जीवन लुइटेल –
अमेरिकामा बस्दै आएका जीवन लुईटेल केहि समय पहिले नेपाली फिल्म क्षेत्रमा एकदमै ब्यस्त कलाकार हुन् । लुइँटेल आज भोलि अमेरिका बसोवास गर्दै आएका छन । उनि टोयटा ल्याण्ड क्रुजर चढ्छन् उक्त गाडीको नेपाली मूल्य २ करोड हो ।

१२. आयुष्मान देशराज श्रेष्ठ जोशी –
पछिल्लो पुुस्तामा सबैभन्दा महंगो कार चढ्ने अभिनेतामा पर्छन् आयुष्मान देशराज जोशी । तर उनलाई उनको पुर्ख्यौली सम्पत्तिले कार चढ्न सहज बनाएको देखिन्छ । त्यसैले त केही सिनेमाहरुमा मात्रै काम गरेका उनी मर्सिडिज बेन्ज २०० डी १९८४ र किया स्पोर्टेज २०११ चढ्छन् । उनीसँग भएका दुईवटै कारहरु महंगा छन् । मर्सिडिजको बजार मूल्य १ करोड ६० लाख रुपैयाँभन्दा बढी पर्छ भने उनको दोस्रो कार कियालाई ८० लाखभन्दा बढी पर्छ ।

१३. निखिल उप्रेती –
एक समयका निकै चर्चित कलाकार हुन् निखिल उप्रेती । अभिनेता निखिल उप्रेती पनि मोटो रकमकै कार चढ्दै आएका छन् । उनी अहिले हुण्डाईको क्रेटा कार चढ्दै आएका छन् । जसको बजार मूल्य ५० देखि ५३ लाख पर्न आउँछ ।

१४. रमेश उप्रेती –
रमेस उप्रेती पुराना पुस्ताका नायक हुन्। ऎस्वर्याबाट नेपाली चलचित्र क्षेत्रमा प्रबेश गरेका उनी अहिले खासै देखिने गरेका छैनन् । रमेश अहिले हुण्डाईको क्रेटा कार चढ्छन । यसको बजार मूल्य ५८ लाख पर्ने पर्छ ।

१५. सविन श्रेष्ठ –
सबिन श्रेष्ठ सिनेमासँगै व्यवसायमा पनि लागेका छन् । उनले केही समय अघि मात्रै आफ्नो मोबाइल पसलको उद्घाटन गरेका थिए । अभिनेता सविन श्रेष्ठ सुजुकीको स्विफ्ट कार चढ्दै आएका छन् । उनले लगभग ३ वर्ष भयो यो कार किनेको । यो कारको अहिलेको बजार मूल्य ३२ लाखको हाराहारी छ ।

Related Articles

Back to top button