१२ बर्ष अगाडी कोठा लिएर बस्ने नेहा अहिले आफ्नै महलमा…यस्तो थियो नेहाको बिगत !
सुपरहिट गीतका कारण विश्वमै आफ्नो अलग्गै पहिचान बनाएकी गायिका नेहा कक्कर चर्चामा आईरहने गयिका हुन् । नेहा गायनका साथसाथै लुक्स र लाइफ स्टाइलमा पनि अग्रपंक्तिमा रहेकी छिन् । तर उनको अहिलेको यो लाईफ स्टाईल बाल्यकालको लाईफस्टाईल भन्दा आकाश पातल फरक छ ।
साधरण जीवन बिताईरहेकी नेहाको जिवन भारतीय टेलिभिजन रियालिटी शो ‘ईन्डियन आइडल’को यात्रापछि बिस्तारै बदलिदै गयो । उनै बाल्यकालमा जागरण गर्ने नेहालाई ईन्डियन आईडलमा आउने अवसर मिल्यो । उनको यो कुराका विषयमा जोकोही पनि जानकार छन् ।
‘इण्डियन आइडल सीजन २’मा प्रतिष्पर्धीका रुपमा देखिइन् । भलै उनले यो उपाधि नजिते पनि आफ्नो शानदार गायकीका कारण चर्चामा आउन सफल भईन । त्यतिबेला उनी मात्र १८ बर्षकी थिईन ।
आईडलबाट बाहिरिए पनि नेहाले साङ्गीतिक यात्रालाई भने निरन्तरता दिईन । उनले आफ्नो करियरमा पहिलो पटक सन् २००८ मा ‘नेहा द रकस्टार’ नामक एल्बम ल्याइन् । तर यो एल्बमले उनलाई पहिचान दिलाउन सकेन ।
तर नेहाले बलिउडमा गायन यात्रा शुरु गरिन् । सन् २०१४ मा उनले गाएको गीत ‘मनाली ट्रान्स’ जबरदस्त हिट भयो । यो गीत पछि उनले एकपछि अर्को हिट गीत दिइन् । नेहाले सेकेन्ड ह्याण्ड जवानी, सन्नी सन्नी, मिले हो तुम, काला चस्मा, चिज बढी, दिलबर, आख मारे, ओ सकी सकी, गर्मी लगायत धेरै गीतहरुमा आवाज दिसकेकी छिन् । जुन निकै दमदार हिट बने ।
भारतीय टेलिभिजन रियालिटी शो ‘इण्डियन आइडल’मा कुनै समय प्रातिस्पर्धीको रुपमा पुगेकी नेहा अहिल त्यही शोको निर्णायक रहेकी छिन् । नेहाले ईन्डियन आईडलको १० औ सिजनबाट निर्णायकको भुमिका निभाउदै आएकी हुन् ।
अन्तत साधरण जिवनबाट धेरै संघर्षपछि नेहाले सुबिधासम्पन्न बङ्गला किन्न सफल भैइन । उनले आफ्नो पुराना दिनलाई सम्झदै नेहाले नयाँ र पुरानो घरको दुई तस्विर शेयर पनि गरिन । त्यस तस्विरलाई शेयर गर्दै नेहाले आफ्नो १२ वर्षको संघर्षको कहानी बताएकी छिन् । बलिउडमा आउनुभन्दा पहिला नेहा एक कोठामा भाडामा बस्थिन् ।
यधपी अहिले उनी शानदार घरमा बस्छिन् । आफ्नो पुरानो दिनलाई सम्झिदै नेहाले इंस्टाग्राममा दुई तस्विर शेयर गर्दै मनकाे दुख पाेखेकी थिईन । एक तस्वीर नेहाको पुरानो घरको हो, जहाँ उनी जन्मेकी थिइन् । नेहा कक्कडले लेखेकी छिन्, यो त्यो बंगला हो जुन अहिले हाम्रो छ । दोस्रो घर ऋषिकेश जहाँ म जन्मिएकी थिए ।
प्रेमप्रसंग- नेहाको प्रेमको चर्चा पनि निकै हुने गर्थ्यो । फिल्म अभिनेता हिमांश कोहलीसँग लामो डेट चलेको हल्ला चलिरहन्थ्यो । तर चार वर्षपछि सन् २०१८ मा नेहा र ‘यारियाँ’ फेम अभिनेता हिमांशको ब्रेकअप भयो । यो ब्रेकअपका कारण उनी निकै अफसेट थिइन् र डिप्रेशनको शिकार नै भइन् । दुवैले इन्स्टाग्राममा एकअर्कालाई अनफलो गरेपछि उनीहरुको ब्रेकअप भएको सत्य साबित भयो । नेहा ‘सा रे गा मा पा’को सेटमा रोएको पनि यही कारणले हो भन्दा कन्जुस्याई नहोला ।
यस्तै रोहनप्रीतसंग बिहे हुनुभन्दा अघि नेहाको गायक आदित्य नारायण झासँग पनि विवाहको चर्चा चलेको थियो । इण्डियन आइडलको समयमा उनीहरुको विवाहको कुराले निकै चर्चा पाएको थियो । यतिमात्र कहाँ होर आदित्यका पिता उदित नारायणले त नेहालाई ‘बुहारी’सम्म भने । तर पछि शोको टीआरपी बढाउन नाटक गरिएको खुल्न आयो ।
तर बास्तबिकतामा नेहाले १ बर्ष अघिमात्र आफूभन्दा ७ बर्ष कान्छो रोहनप्रीतसंग बिबाह भयो । पहिलो प्रेममा नै प्रेम बसेको बताउने नेहाले आफू रोहनप्रितको आकर्षक व्यक्तित्व र सभ्य व्यवहारले आकर्षित भएको बताएकी थिईन । नेहाले रोहनप्रितबाट धेरै कुरा सिक्नुपर्ने बताएकी छिन् । उनी रोहनप्रित भन्दा सात वर्ष जेठी छिन् तर यी दुईको बीचमा उमेरले केही फरक पारेन ।