Intresting

अदालतबाट सफाइ पाएपछि खुशी हुँदै निस्किए पल शाह ( भिडियो )

काठमाण्डाै ।

बालिका बला’त्कारकाे आराेप लागेका अभिनेता पल शाहलाई जिल्ला अदालत तनहुँले सफाइ दिएको छ । मङ्गलवार न्यायाधीश काेमप्रसाद आचार्यकाे एकल इजलासले बलात्कारकाे आराेपमा दाबी नपुगकाे भन्दै शाहलाई सफाइ दिएको हो ।

जिल्ला अदालत तनहुँबाट सफाइ पाए पनि शाह तत्काल रिहा भने हुने छैनन् । उनीमाथि जिल्ला अदालत नवलपुरले बालयौरन दुरुपयोगसम्बन्धी अभियोगमा गएकाे भनाै २१ गते दुई वर्ष छ महिना कैद र २५ हजार रुपैयाँ जरिबानाबापातकाे फैसला सुनाएकाे थियाे । साथै पीडितलाई १० लाख रुपैयाँ क्षतिपूर्ति दिनुपर्ने फैसला भएकाे थियाे ।

त्याे सजाय काटेपछि मात्र उनी रिहा हुनेछन् । नवलपुर अदालतको फैसलाविरुद्ध शाहले गएकाे कात्तिक २५ गते उच्च अदालत पोखरामा पुनरावेदन दिइसकेका छन् ।

गएकाे फागुन ११ गते बालिकाका बुबाले पलविरुद्ध तनहुँ र नवलपुर जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएकाेमा पलले फागुन १५ गते जिल्ला प्रहरी कार्यालय तनहुँ पुगेर आत्मसमर्पण गरेका थिए ।

Related Articles

Back to top button