News

पशुपति आर्यघाटमा उज्वल थापाको अन्तिम संस्कार

काठमाडौं । विवेकशील साझा पार्टीका नेता उज्जवल थापाको आज साँझ पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ । नेता थापाको उपचारका क्रममा मंगलबार दिउँसो ४४ वर्षको उमेरमा मेडिसिटी हस्पिटलमा निधन भएको थियो ।

नेता थापाका अन्त्येष्टिमा विवेकशील साझाका संयोजक रवीन्द्र मिश्र, कनकमणि दीक्षित, रन्जु दर्शनालगायतको उपस्थिति रहेको थियो ।

सुरुमा कोरोना संक्रमण पुष्टि भएपछि नेता थापालाई धुम्बाराहीस्थित ह्याम्स अस्पतालमा भर्ना गरिएको थियो । तर, उनको स्वास्थ्यावस्था गम्भीर बनेपछि थप उपचारका लागि टोखास्थित ग्राण्डी अस्पताल रेफर गरिएको थियो ।

त्यस्तै, इक्मो विधिबाट नेता थापाको उचार गर्नुपर्ने भएकाले उनलाई मेडिसिटी अस्पतालमा भर्ना गरिएको थियो ।

Related Articles

Back to top button