Video

जहाज खसेको लाइभ भिडियो खिच्ने दाइ यसो भन्छन् ( भिडियो हेर्नुहोस् ।

जहाज खसेको लाइभ भिडियो खिच्ने व्यक्ति मिडियामा आएका छन् ।

पोखरा विमान दुर्घटनामा नेपालसहित ८ देशका नागरिक परेका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले जहाजमा सवार यात्रु राष्ट्रियता पहिचान गरेकाे हाे । जसमध्ये ५३ जना नेपाली, ५ जना भारतीय, रुसका ४ जना, आयरल्याण्डका एक, कोरियाका दुई, अर्जेन्टिनाका एक, अष्ट्रेलियाका एक र फ्रान्सका एक जना यात्रु थिए ।

कास्कीका प्रमुख जिल्ला अधिकारी टेक बहादुर केसीका अनुसार अहिलेसम्म ३६ जनाको शव दुर्घटनास्थलबाट निकालिएको छ।

उहाँले शवलाई पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा राखिएको जानकारी दिनुभएको छ । मृतकहरु अधिकांश पोखरा क्षेत्रकै रहेको जानकारी दिँदै प्रमुख जिल्ला अधिकारी केसीले हालसम्म कसैलाई पनि जिवितै उद्धार गर्न नसकिएको बताउनु भयाे।

जहाजमा ४ जना चालक दलका सदस्यसहित कुल ७२ जना सवार थिए ।

Related Articles

Back to top button