News

काठमाण्डौमा लकडाउन मोडालिटी परिवर्तन, के खुल्छ के खुल्दैन ( हेर्नुहोस्)

काठमाण्डाै – काठमाण्डौ उपत्यकामा निषेधाज्ञा केही खुकुलो बनाउने तयारी भएको छ । मङ्गलवार (आज) उपत्यकाका तीन जिल्ला काठमाण्डौ, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीको छलफलले निषेधाज्ञाको मोडालिटी परिवर्तन गर्नेबारे छलफल गरेका छन् ।

उपत्यकामा पछिल्लो पटक थपिएको निषेधाज्ञा यही २० गते बिहीवार सकिँदैछ । यसपछि निषेधाज्ञा खुकुलो बनाउनेबारे आज छलफल भएको र भोलि निर्णय गर्ने भक्तपुरका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले उज्यालोलाई जानकारी दिनुभयो । उहाँका अनुसार अब खाद्यान्न पसल बिहान ९ बजेसम्म खुलाउने तयारी भएको छ ।

यस्तै आवासीय सुविधा दिए विकास निर्माणका कामलाई पनि अगाडि बढाउन दिने तयारी छ । कोरोना भाइरसको सङ्क्रमण केही कम हुन थालेकाले निषेधाज्ञा खुकुलो बनाउने तयारी भएको हो ।

यसअघि गएको १४ गतेदेखि थपिएको निषेधाज्ञा कडा बनाइएको थियो । पछिल्लो पटक थपिएको निषेधाज्ञामा खाद्यान्न पसलसमेत बन्द गरिएको छ

Related Articles

Back to top button