News

श्वेताको काठमाडौंमा भब्य बिबाह पार्टी

अभिनेत्री स्वेता खड्का र विजयन्द्र सिंह रावतको विवाहको भोज आज काठमाडौमा भव्यताका साथ आयोजना गरिएको छ । अहिले चलिरहेको उक्त भोज कार्यक्रममा कलाकारहरुदेखि विशिष्ट व्यक्तिहरुको सहभागिता रहेको छ।

सिउँदोमा सिन्दुरले सजिएर ओठमा मुस्कान सहित श्रीमानको हात समाउदै जब स्वेता खड्काको ईण्ट्रि भयो, उपस्थित सबैको मन लोभिएको थियो । स्वेताको ओठमा मुस्कान र सासु ससुरा संगै प्रेममय सम्बन्ध आजको भोजमा देख्न सकिन्थ्यो।

स्वेता खड्काको बिहे भोजमा नायक, नायिका, गायक गायिका, निर्माता, निर्देशक देखि सांसदहरु समेत आएर शुभकामना दिएका छन् । विवाह भएको झण्डै एक माहिना पश्चात स्वेता खड्काले आज विवाह भोज आयोजना गरेकी हुन्।

स्वेता खड्का धनगढीका विजयन्द्र सिंह रावतसँग मंसिर २२ गते विवाह बन्धनमा बाधिँएकी हुन् । विवाहमा सिमित पारिवारिक सदस्य र साथीहरूको उपस्थिति रहेको थियो । लामो समयको प्रेम पश्चात स्वेता र विजयन्द्रले विवाह गरेका हुन्।

Related Articles

Back to top button