Entertainment

जथाभाबी भन्नेलाई समीक्षाको कडा जवाफ-‘मुख र मलद्वारको काम चिन’ भनेपछि…

काठमाडौं। गायिका समीक्षा अधिकारीले आफूलाई जथाभाबी भन्नेलाई कडा जवाफ फर्काएकी छन् ।

पछिल्लो समय गाली गर्ने र अपशब्द बोल्नेहरूप्रति कडा रूपमा प्रस्तुत हुँदै आएकी समीक्षाले बिहीबार सामाजिक सञ्जाल फेसबुकमा स्टाटस पोष्ट गर्दै आलोचना गर्नेहरुलाई कडा जवाफ फर्काएकी हुन् ।

गायिका समीक्षाले आफूलाई जथाभाबी भन्नेलाई मुख र मलद्वारको काम चिन्नसमेत अनुरोध गरेकी छन् ।

उनले लेखेकी छन्, ‘बचनले दिएको घाउको औषधी वचन नै हो । वचनले घर, समाज र संसार बन्छ, वचनले नै युद्ध भड्कन्छ । सबैभन्दा सजिलो छ, मनलागी सस्तो बोल्न र मुख छाड्न । अर्थपूर्ण बोल्न त साधना गर्नुपर्छ । मेरा मित्रहरु ! गन्हाउने आवाज निकाल्न मलद्वार छँदै छ । मुख र मलद्वारको काम चिन ।’

Related Articles

Back to top button