News
हार्दिक श्रद्धाञ्जली : रहेनन् कुशल नेता उज्ज्वल थापा
काठमाडौं । विवेकशील साझा पार्टीका पूर्वसंयोजक तथा वैकल्पिक राजनीतिका अभियन्ता उज्ज्वल थापाको निधन भएको छ । काठमाडौंको मेडिसिटी अस्पतालमा उपचारका क्रममा उनको आज निधन भएको हो ।
कोरोना संक्रमणसमेत भएपछि जेठ महिनाको सुरुमा अस्पतालमा भर्ना भएका थापाको सोमबार मात्र कोरोना रिपोर्ट नेगेटिभ आएको थियो । कोरोना संक्रमणपछि स्वास्थ्यस्थिति जटिल बन्दै गएपछि उनलाई अस्पताल भर्ना गरिएको थियो । यसअघि ग्रान्डी अस्पतालमा उपचाररत उनलाई एक्मो विधिबाट उपचार गर्न मेडिसिटी भर्ना गरिएको थियो ।
आफूलाई राजनीतिक अभियानकर्मी बताउने थापाको अध्यक्षतामा सन् २०१३ मा विवेकशील नेपाली पार्टी स्थापना भएको थियो। उनले सन् २०१९ को अक्टोबर महिनामा उक्त जिम्मेवारी छाडेका थिए।