News

ओखलढुंगामा कोरोना संक्रमितलाई पौष्टिक आहार वितरण

ओखलढुङ्गा । कोरोेना सङ्क्रमितलाई पौष्टिक आहार वितरण गर्दै मानेभञ्ज्याङ गाउँपालिकाका उपाध्यक्ष सविता राई।

ओखलढुङ्गाको मानेभञ्ज्याङ गाउँपालिकाले कोरोना सङ्क्रमितको आत्मबल र रोग प्रतिरोधात्मक क्षमता बढाउने अभियानअन्तर्गत ५१ जना सङ्क्रमितलाई भेटेर स्वास्थ्य सामाग्री र पोसिलो खानेकुरा वितरण गरिसकेको छ ।

तस्बिर : पूर्णप्रसाद न्यौपाने

काठमाडौं १८ , जेठ । काठमाडौं उपत्यकामा निषेधाज्ञा केही खुकुलो हुने भएको छ । उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरु आज बैठक बस्दैछन ।

जेठ १४ गतेदेखि लगाइएको एक साताको कडा निषेधाज्ञा २० गते राती सकिँदैछ । दोस्रो लहरको कोरोना महामारी फैलिएपछि सरकारले कडा निषेधाज्ञा जारी गरेको थियो । पछिल्लो समयमा कोरोना संक्रमणदरमा केहि कमि आएपछि निषेधाज्ञा केहि खुकुलो बनाउने गरि एक साता थप गर्ने तयारी सरकारले गरेको छ ।

बन्द रहेको खाद्य तथा डिपार्टमेन्टल स्टोरहरुलाई विहान खोल्ने गरि जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुले तयारी गरेका छन्  ।

Related Articles

Back to top button