News

यी मितिदेखि काठमाडौंमा लकडाउन खुकुलो बनाउने तयारी

काठमाडौं १८ , जेठ । काठमाडौं उपत्यकामा निषेधाज्ञा केही खुकुलो हुने भएको छ । उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरु आज बैठक बस्दैछन ।

जेठ १४ गतेदेखि लगाइएको एक साताको कडा निषेधाज्ञा २० गते राती सकिँदैछ । दोस्रो लहरको कोरोना महामारी फैलिएपछि सरकारले कडा निषेधाज्ञा जारी गरेको थियो । पछिल्लो समयमा कोरोना संक्रमणदरमा केहि कमि आएपछि निषेधाज्ञा केहि खुकुलो बनाउने गरि एक साता थप गर्ने तयारी सरकारले गरेको छ ।

बन्द रहेको खाद्य तथा डिपार्टमेन्टल स्टोरहरुलाई विहान खोल्ने गरि जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुले तयारी गरेका छन्  ।

Related Articles

Back to top button