News

श्रीमतीको गहना र कमाएको लाखौं नगद लिएर श्रीमान फरार

जनकपुरमा श्रीमतीको सम्पूर्ण कमाइ कुम्ल्याएर श्रीमान फरार भएका छन् । जनकपुरधाम उपमहानगरपालिका–११ लक्ष्मणअखाडाकी २३ वर्षीया आरती सिंहको सबै गरगहना र नगद रुपैयाँ लिएर श्रीमान रिंकल सिंह फरार भएका हुन् ।

आफूले कमाएको लाखौं रुपैयाँ र गरगहनाहरु लिएर पति बेपत्ता भएको पीडित आरतीले बताइन् ।

जनकपुरधाम उपमहानगरपालिका–११ लक्ष्मणअखाडा माइतीघर भएकी आरती र रिंकलबीच २०७४ सालमा जानकी मन्दिरमा विवाह भएको थियो । विवाह भएको करिब एक महिनासम्म आरती आफ्नो माइतीमै श्रीमानसँगै बसिइन् ।

‘घर परिवारका सबैजनाको सहमतिमै हाम्रो बिबाह भयो । बिबाह पश्चात उनलाई हामीले आफुहरुसँगै राख्यौं । तर एक महिना नबित्दै उनको चाला परिवर्तन भयो । रातीराती मदिरा सेवन गरेर मलाई कुट्न थाले । उनको यातना सहेर पनि मैले उनलाई आफ्नो चाला परिवर्तन गर्न पटक पटक आग्रह गरें, आरतीले भनिन्,‘तर उनको चाला परिवर्तन भएन् । ३ वर्षसम्म त्यस्तै रह्यो ।’ टुडेपाटी बाट

Related Articles

Back to top button