International

मलेसिया लगायत खाडिका यी ९ देशमा हवाई उडान अनुमति दिदै सरकार,

काठमाडौं : सरकारले पहिलो चरणमा भारत सहित चार देशमा हवाई अनुमती दिए संगै अब भने नेपाली कामदार धेरै रहेका खाडिका देशमा हवाई अनुमती दिने तयारी गरेको छ ।

नागरिक उड्डयन प्राधिकरणको एक उच्च अधिकारीका अनुसार दुबै, मलेसिया लगायत देशमा नेपाली कामदारहरुले भोगेका दुखलाई मध्यनजर गर्दै नियमित उडान गर्ने निष्कर्षमा सरकार पुगेको बताएका छन् ।

यस अघि भारत, चिन, कतार र टर्किमा नियमित उडान गर्ने घोषणा गरेको सरकारले अब भने युएई, ओमान, मलेसिया, साउदी अरेबिया लगायत ९ वटा देशमा पनि नियमित उडान गर्ने तयारी गरेको एक उच्च अधिकारीले बताए ।

उडानको अनुमती कहिले घोषणा गर्ने र उडानको मिति अझै तय नभए पनि स्रोतका अनुसार छिटोभन्दा छिटो सरकारले घोषणा गर्ने तयारी गरेको बताउछन् ।

नेपालमा दैनिक रुपमा कोरोना संक्रमण र मृत्यु कम हुँदै गएको बेला देशका अधिकाश जिल्ला लकडाउमा रहे पनि कोरोना नियन्त्रणमा आएको लक्षण संगै निकै फितलो भएको बेला सरकारले नेपाली कामदार रहेका देशमा नियमित उडान गर्ने योजना अगाडी सारेको बताइन्छ । कोरोनाको कारौडान रोकिदा कयौ देशमा नेपालि कामदारहरु अलपत्रमा परेका छन् ।

Related Articles

Back to top button