टिकटकबाट कमाएको पैसाले गरिमाले खुवाइन् ४ सय जना ग’रिब दु’खीलाई खाना
टिकटकबाट कमाएको पैसाले मोडल गरिमा शर्माले ४ सय जना गरिब दुखीलाई खाना खुवाएकी छिन् । को’रोना महामारीका बेला सबै जना समस्यामा छन् । स’मस्यामा परेकाहरूलाई सक्नेले सहयोग गरिरहेकै छन् ।
यस्तै, टिकटकबाट चर्चा कमाएर म्युजिक भिडियोमा जमिसकेकी मोडल गरिमा शर्माले पनि दुखमा परेका लगभग ४ सय जनालाई खाना खुवाएर सहयोग गरेकी छिन् ।साथै, हाम्रो टिम नेपाललाई अन्य सेवाको लागि पन्ध्र हजार नगद हस्तान्तरण पनि गरेकी छिन् ।
आइतबार हाम्रो टिम नेपालसँगको सहकार्यमा गरिमाले भोकाएकाहरुलाई खाना खुवाएकी हुन् ।‘जनताको पैसा जनतालाई’ भन्ने नाराको साथ टिकटकबाट आएको पैसाले उनले सहयोग गरेकि हुन् । ‘लाइभ बस्दा फ्यानहरुले गिफ्ट पठाउनु हुन्छ । सोही गिफ्ट मैले दर्शकलाई सहयोग गरेकी हुँ ।’- गरिमाले बताईन् ।
लकडाउन अगाडि सम्म म्युजिक भिडियोमा दिनहुँ व्यस्त हुने गरिमाले आफूले सकेको सहयोग गरेको जानकारी दिइन् । पछिल्लो समय धेरै कलाकर्मीले दुखमा परेकालाई सहयोग गरिरहेका छन् । गरिमाले पनि समाजसेवीको लिस्टमा आफ्नो नाम लेखाएकी छन् ।