News
पूर्वडीआईजी रमेश खरेल कोरोनामुक्त
काठमाडौं – नेपाल प्रहरीका पूर्वनायब महानिरीक्षक (डीआईजी) रमेश खरेल कोरोना संक्रमणमुक्त भएका छन् । कोरोना संक्रमण भएपछि उनी वैशाख ३१ गते अस्पताल भर्ना भएका थिए ।
नेपाल प्रहरी अस्पतालमा उपचार गराइरहेका उनी कोरोनामुक्त भएपछि आज डिस्चार्ज भएका छन् । कोरोना संक्रमणपछि गम्भीर अवस्थामा पुगेका उनको भेन्टिलेटरमा राखेर उपचार गरिएको थियो।
एसएसपीसम्म पहिलो नम्बरमा रहेका खरेललाई डीआईजी बढुवामा पछि पार्दै सर्वेन्द्र खनाललाई सरकारले आईजीपी नियुक्त गरेको थियो।
सोही कारण उनले डीआईजीबाट राजीनामा दिएका थिए। अहिले उनी सामाजिक अभियन्ताका रूपमा सक्रिय हुँदै आइरहेका छन् ।