News
लकडाउनमा समस्या परेकाहरुलाई नायक रमेश उप्रेती र जल शाहको सहयोग
अभिनेता रमेश उप्रेतीले चलचित्र प्राविधिकका लागि आर्थिक सहयोग गरेका छन् ।
लकडाउनमा दैनिकी गुर्जान समस्यामा रहेका प्राविधिकलाई रमेशले पच्चीस हजार रुपैयाँ प्रदान गरेका हुन् ।
हाल अमेरिकामा रहेका अभिनेता उप्रेतीले चलचित्र प्राविधिकका लागि उक्त रकम प्रदान गरेको चलचित्र प्राविधिक संघका अध्यक्ष पुष्कर लामाले आफ्नो फेसबुक मार्फत जानकारी गराएका हुन् ।
एक महिनादेखिको लकडाउनका कारण मारमा रहेका चलचित्र प्राविधिकलाई थुप्रै फिल्मकर्मीले नगद एंव राहत सामाग्री प्रदान गर्दै आइरहेका छन् ।
यस्तै निर्देशक सुरेश दर्पण पोखरेलको अगुवाइमा अमेरिकामा सञ्चालित अक्सिजन फर् नेपाल क्याम्पियनमा अभिनेत्री जल शाह र कलाकार शुशांक मैनालीले आर्थिक सहयोग गरेका छन् ।
निर्देशक पोखरेलका अनुसार जल र शुशांकले क्रमशः ८५ हजार पाँच सय उक्त अभियानमा हस्तान्तरण गरेका छन् ।