बद्री पंगेनीलाई कल्पनाले पठाएकी थिइन् यस्तो प्रेम पत्र, अहिले सम्म उनले सुरक्षित राखेका छन् (भिडियो हेर्नुस्)
चर्चित लोकदोहोरी गायक हुन्, बद्री पंगेनीलाई नचिन्ने सायदै कम होलान् । उनका थुप्रै गीत निकै चर्चित छन् । ५ दर्जनबढी गीत गाएका पंगेनीका ‘तानसेन कसौली’, ‘पीएन क्यापस’, ‘ब्युटी नम्वर वान’, ‘ख्याल ख्यालमै दिल बस्यो कान्छी सालीमा’, ‘फोटो फिर्ता लेउ’, ‘अहिले नै गणतन्त्र आको छैन’, ‘लाउ चेली सिन्दुर लाउ’लगायतका धेरै चर्चित छन् ।
पंगेनी गायनमा सर्वत्र चिनिन सफल गीत भने ‘सुसुरालीमा’ एल्बमको ‘ख्याल ख्यालमै दिल बस्यो कान्छी सालीमा’ हो । यो गीतपछि उनले गायनमा पछाडि फर्केर हेर्नु परेन ।
हालै उनले ऋषी धमलाको कार्यक्रममा सहभागी भएर आफ्ना जिवनका धेरै कुरा खुलाएका छन् । पाल्पाको रामपुरमा जन्मिएका पंगेनीले २०५५ मा ‘तानसेन खस्यौली’ बोलको गीतबाट आधिकारिक गायन सुरु गरेका थिए । गायन संघर्षको समय ६ वर्ष दोहोरी साँझमा समेत काम गरेका पंगेनी लोक तथा दोहोरी गीत प्रतिष्ठान निवर्तमान अध्यक्षसमेत हुन् ।
प्रमका पुजारी बद्रीले २०५८ मा कल्पनासँग प्रेम विवाह नै गरेका हुन् । उनको प्रेमको लामो किस्सा छ । त्यो मिडिया मार्फत धेरै पटक बाहिर आइसकेका छन् । कल्पना र उनी एउटै स्कुलमा पढ्थे । तर चिनजान भने थिएन । एकदिन उनको गाउँमा आफन्त पर्नेको घरमा कल्पना गएको रहिछन् ।
त्यतिबेला उनको गाउँमा भर्खर ट्याक्टर पुगेको थियो । त्यो ट्याक्टर हेर्न पूरै गाउँ उल्टिएका थिए । कल्पना पनि त्यही भिडमा थिइन् । कल्पनासँग उनको पहिलो पटक आँखा त्यही जुध्यो । त्यहाँ दुबैको हेराहेर मात्रै भएको थियो ।
चिनजान भने भोलिपल्ट स्कुलमा भयो । कल्पना त्यति बेला ५ कक्षामा पढ्थिन् । उनी ७ मा पढ्दै थिए । त्यही चिनजानमा हिमचिप बढ्यो । चिठी आदानप्रदान हरेक दिन हुन थाल्यो । यो क्रम धेरै समय चल्यो ।
‘प्रेम बढ्दै जाँदा कल्पनालाई भगाउने सुरसार गर्दै थिएँ म तर कल्पनाको आमाले साथ दिएको कारण विवाह गर्न सफल भयौं,’ उनले भने, ‘कल्पनाले त्यतिबेला पठाएको त्यो प्रेमपत्र (चिठ्ठी) अहिले पनि म सँग धेरै सुरक्षित छन् ।