Entertainment

कमला घिमिरे र अमृत सापकोटाको ‘बनमा तरुल’ युटुबमा सार्वजनिक ( भिडियो हेर्नुहोस् )

नेपाली लोक दोहोरी क्षेत्रबाट सबैको मन मुटुमा बसेका चर्चित गायक अमृत सापकोटा र कमला घिमिरेको तेश्रो बहुप्रतिक्षित लोकदोहोरी गीत’बनमा तरुल’ बजारमा आएको छ।गीतमा अमृत सापकोटाको आफ्नै लगानी रहेको छ।

लामो समय देखि अमृत दोहोरी क्षेत्रमा क्रियासिल थिए बिचमा कमला घिमिरेको इन्ट्री संगै उनको सफलता झन् माथि पुगेको हो।अमृत सापकोटालाई कमला घिमिरेको निकै साथ् रहयो जसको फल उनले चिया छानेको गीतबाट पनि पाएका हुन्। चिया छानेको गीत यो बेला २ करोड दर्शकको नजिक रहेको छ।

बनमा तरुल गीतमा लय भने लोकप्रिय सर्जक खेम सेन्चुरीको रहेको छ भने शब्द नेत्र अर्यालको रहेको छ।चर्चित नायक तथा मोडल गौरब पहाडी र रियासा दाहालको दमदार अभिनय रहेको गीतमा निर्देशन सुनिल क्षेत्रीको रहेको छ।

अमृत सापकोटाको आफ्नै युटुब च्यानल मार्फत बजारमा आएको उक्त गीत भित्र निकै मौलिकता जोडिएको छ।गाउँ पाखामा गुन्जिने भाकाको मिश्रण रहेको उक्त गीतले चर्चा पाउने पक्का देखिएको छ।

हेरौ भिडियो :

Related Articles

Back to top button