News

आजको माैसम : सामान्य बदली रही केही प्रदेशमा हल्का वर्षा हुने

काठमाडौं । हाल देशमा पश्चिमि वायु, स्थानीय वायु र भारतको उत्तर प्रदेश तथा यसको आसपासमा रहेको न्यून चापीय क्षेत्रको सामान्य प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

हाल मौसमको अवस्था

हाल देशका पहाडी भूभागका अधिकांश स्थानहरुमा आंशिकदेखि सामान्य बदली रहेको छ। प्रदेश १, गण्डकी प्रदेश र सुदूर पश्चिम प्रदेशका केही स्थानमा हल्का वर्षा भईरहेको महाशाखाको भनाइ छ ।

सोमवार दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रही प्रदेश १, प्रदेश २, बाग्मती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा र बाँकी प्रदेशका केही स्थानमा मेघगर्जन, चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

राती देशभर आंशिकदेखि सामान्य बदली रही प्रदेश १, प्रदेश २, बाग्मती प्रदेशका थोरै स्थानहरूमा र बाँकी प्रदेशको एक दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाको भनाइ छ ।

Related Articles

Back to top button