News

आज थप ३,७०२ जनामा कोरोना संक्रमण पुष्टि, ६,२०५ जना संक्रमणमुक्त

नेपालमा पछिल्लो घण्टामा देशभर ३,७०२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

१०, ९८६ जनाको पीसीआर परीक्षणमा ३,७०२ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यो संगै हालसम्म नेपालमा कोरोना संक्रमितको संख्या ५ लाख ५७ हजार १२४ पुगेको छ । त्यसैगरी पछिल्लो २४ घण्टामा ६,२०५ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै निको हुनेको संख्या ४ लाख ४० हजार ९५५ पुगेको छ ।

हाल नेपालमा सक्रिय संक्रमितको संख्या १ लाख ८ हजार ८९७ रहेको छ । त्यसै गरी पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप १०९ जनाको मृत्यु भएको छ । यो सँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ७ हजार २७२ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

Related Articles

Back to top button