News
एसईई परीक्षा यसरी सञ्चान गर्ने बोर्डको तयारी
काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) वैकल्पिक विधिबाट सञ्चान गर्ने तयारी गरेको छ ।
यसका लागि बोर्डले शिक्षा मन्त्रालयसँग अनुमति मागेको छ। कोरोनाभाइरस संक्रमण कम नभएकोले अहिलेकै अवस्थामा विद्यार्थीलाई भौतिक रूपमा उपस्थित गराएर परीक्षा लिन असम्भव देखिएकोले वैकल्पिक विधिबाट एसईई गर्नुपर्ने निचोडमा बोर्ड पुगेको छ।
शनिबार बसेको बोर्ड बैठक बैठकले वैकल्पिक विधिबाट एसईई सञ्चालन गर्नुपर्ने निष्कर्ष निकालेको बोर्डका अध्यक्ष चन्द्रमणि पौडेलले बताउनुभयो । बैठकपछि वैकल्पिक विधिबाट एसईई गर्न मन्त्रालयसँग अनुमति माग गरिएको उहाँले बताउनुभयो ।
शिक्षा मन्त्रालयले एसईई कसरी गर्ने भन्ने निर्णय दिएपछि त्यसअनुसार अगाडि बढ्ने बोर्डको तयारी छ ।
गत वैशाख २७ मा एसईई र कक्षा १२ को परीक्षा तत्काल नगर्ने गरी स्थगित गरिएको थियो।