News

कोरोना संक्रमणबाट गायिका राईको निधन

काठमाडौं । चर्चित गायिका लासिमित राईको निधन भएको छ । गायक अशोक मुकारुङले सामाजिक सञ्जाल फेसबुकमार्फत गायिका लासिमितको कोरोना संक्रमणबाट निधन भएको जानकारी गराएका छन् ।

उनले गायिका लासिमित राई लेप्चा दिदीको असामयिक मृत्युको दुःखद खबरले मन भावह्विवल भएको बताएका छन् ।

उनले भनेका छन् – ‘एउटा बिशाल आवाज को अन्त्य ! बहुचर्चित गायिका -लासिमित राई दिदी प्रति भाबपुर्ण श्रद्धाञ्जलि, हजुरको बैकुण्ठमा बास होस ! यो पापि covid ले सबैलाई सिध्याउनेभो’

गायिका राईले नआउ सपना भरी, तिमीले दिएका बेदना, टुटेका मन, सधैँ भरी, कहिले हराउँदै, म मैनासरी, सुन कोशीको साङ्लो पानी लगायतका धेरै गीतहरु गाएकी छिन् ।

Related Articles

Back to top button