News

अब महिला स्वयंसेविकाले मासिक १२ हजार पाउने

सरकारले नयाँ बजेटमार्फत महिला स्वास्थ्य स्वयंसेविकाले पाउँदै आएको भत्तामा सतप्रतिशत वृद्धि गरेको छ । अर्थमन्त्री विष्णु पौडेलले मुलुकभरका ५२ हजार महिला स्वास्थ्य स्वयंसेविकाको यातायात भत्तामा शत प्रतिशत वृद्धि गरी मासिक १२ हजारको घोषणा गरेका छन् । मातृ तथा शिशुको स्वास्थ्य संरक्षणमा महिला स्वास्थ्य स्वयंसेविका पिलर मानिन्छन् ।
त्यस्तै स्वास्थ्य क्षेत्रमा बजेट वृद्धि
सरकारले स्वास्थ्य क्षेत्रमा बजेट वृद्धि गरेको छ ।

अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आज सिंहदरवारमा आयोजित कार्यक्रममा आगामी आर्थिक वर्ष २०७८÷०७९ को बजेट प्रस्तुत गर्दै गतवर्ष भन्दा यसवर्ष स्वास्थ्य क्षेत्रको बजेट वृद्धि गरिएको जानकारी दिनुभयो । उहाँले स्वास्थ्य क्षेत्रको एक खर्व २२ अर्ब ७७ करोड बजेट विनियोजन गरिएको बताउनुभयो ।

उहाँले सरकारले कोरोना सङ्क्रमण न्यूनिकरणका लागि बजेट केन्द्रीकृत गरेको र बजेट अभाव हुन नदिने जानकारी पनि दिनुभयो । यस्तै सरकारले कोभिड–१९ को रोकथाम, उपचार र नियन्त्रणका लागि रु ३७ अर्ब ५३ करोड विनियोजन गरेको छ । यस्तै सरकारले कोभिड–१९ विरुद्धको खोपका लागि २६ अर्ब ७५ करोड बजेट विनियोजन गरेको छ ।

Related Articles

Back to top button