EntertainmentVideo

विष्णु माझीले दुई लाख लिएर गाएको पहिलो गीतले युटुवमा तहल्का पिट्यो (भिडियो सहित)

गायिका विष्णु माझीले दुई लाख पारिश्रमिक लिएर गीत गाएकी छिन् । नेपालमा सर्वाधिक पारिश्रमिक लिएर गीत गाउने गायिका माझीले दुई लाख रुपैयाँ लिएर गाएकी हुन् ।‘झुम्का झलक्कै’ विष्णुले दुई लाख लिएर गाएको पहिलो गीत हो । केहि समय अघि सार्वजनिक भएको यो गीतमा विष्णुसँगै शनी विश्वकर्माको स्वर छ । शनी गायन प्रतियोगिता ‘नेपाल लोक स्टार’का विजेता हुन् । उनको यो पहिलो गीत हो ।

“विष्णु दिदीले डेढलाख बाट बढाएर दुईलाख पारिश्रमिक बनाए पछि गाएको यो पहिलो गीत हो,” शनीले भने । महङ्गो पारिश्रमिक लिएर गाउने उनले यसअघि डेढलाख पारिश्रमिक लिँदै आएकी थिइन् । तर उनले डेढलाख बाट बढाएर पारिश्रमिक दुईलाख पुर्याएपछि विष्णुलाई केही समय गाउन कसैले पनि अफर गरेको थिएन ।

एक वर्ष अगाडि गायक हेमन्त शर्माको गीत ‘बनमारा’ गाउँदासम्म विष्णु एकलाख पारिश्रमिक लिन्थिइन् । त्यसपछि केही गीतमा डेढ लाख पारिश्रमिक लिएकी उनले अहिले बढाएर दुई लाख पुयार्एकी हुन् । दुई वर्ष अगाडि ‘सालको पात’ गीत लोकप्रिय भएपछि उनले आफ्नो पारिश्रमिक अस्वाभाविक रुपमा बढाएको संगीतकर्मीहरु बताउँछन् ।

विष्णु सामाजिक सञ्जाल र सञ्चारमाध्यमबाट टाढै रहेकी गायिका हुन् । उनी रेकर्ड गर्न स्टुडियो निस्किने बाहेक अन्य कामका लागि निस्किन्न् । स्टुडियोमा पर्दा लगाएर गीत गाउने उनी प्रायः कसैसँग बोल्दिनन् । “डोयट् गीत भए पनि हामीले एक्ला एक्लै गीत गायौं । तर म उहाँले गीत गाउँदा स्टुडियोमै थिएँ,” शनी भन्छन्, “उहाँले गीत गाउने टेक्निक भने मैले पनि देखेँ ।”

विष्णु स्टुडियोमा आएर एक घण्टा गाउने गीतको डेमो सुन्छिन् । अर्को एक घण्टा गाउने अभ्यास गर्छिनर र अर्को एक घण्टा लगाएर रेकर्ड गर्छिन् ।सामान्यतया नेपालमा गायक–गायिकाहरु गीत गाएकाे १० देखि २० हजारसम्म पारिश्रमिक लिन्छन् ।भिडियो हेर्नुहोस् :

यो पनी पढौंबिष्णु माझी कहाँ छिन्’ भन्दा ज्यान मार्ने धम्की कवि तथा कलाकार बादल घिमिरेले लोक गायीका विष्णु माझीलाई उनका श्रीमानले नजरबन्दमा राखेको भन्दै उनको विषयमा कुरा उठाउन सञ्चार माध्यम र अधिकारकर्मीलाई आग्रह गरेका छन् । विष्णु माझी चर्चित लोक गायीका भएपनि उनको चरम शोषण भैरहेको भन्दै उनले फेसबुकबाट यस्तो आग्रह गरेका हुन् । उनको फेसबुक विज्ञप्ति यस्तो छः
सार्वजनिक विज्ञप्ति
लगभग तीन बर्षको अन्तरालपछि पुन: गायिका विष्णु माझीको बारेमा केही लेख्दैछु | बिष्णुको बारेमा आवाज उठाए वापत् यो भन्दा अगाडी मलाई अपरिचितबाट ज्यान मार्ने धम्की आएको थियो तर यसपटक पनि जीवनलाई अचानोमा राखेरै भए पनि हिम्मत जुटाएको छु | चर्चित लोक गायिका विष्णु माझी स्याङ्जा जिल्ला चापाकोट नगरपालिका (साविक रत्नपुर ) काली नदीको किनार खोरियाघाटमा जन्मेकी हुन् |जुन स्थान वरिपरि गायक कलाकार भगवान भण्डारी , बद्री पंगेनी , एकनारायण भण्डारी ,रूपक डोटेल , रामजी खाँण आदि जन्मिएको भूमि हो |मेरो घरबाट विष्णुको घर पुग्न लगभग पन्ध्र मिनेटको दुरी पर्छ | विष्णुको बारे पछिल्लो समयमा सञ्चार माध्यममा आवाज उठ्न थालेको छ | म चाहन्छु यथार्थ वाहिर आओस् र विष्णुले बाँकी जिन्दगी भूमिगत रूपमा बिताउन नपरोस् |

एक दशक अगाडी (ठ्याक्कै साल भूलेँ ) बुटवल महोत्सवबाट विष्णुको जादुयी स्वर सुनेर सुन्दरमणी अधिकारीले गायिका बनाउँछु भनेर विष्णुलाई काठमाण्डौँका लागि रात्रीबस चढाएका थिए | आज विष्णु यो देशकी महंगी र चर्चित गायिका त बनिन् तर सुन्दरमणीले चढाएको विष्णुको जिन्दगीको रात्रीबस कहाँ पुग्यो कसैलाई पत्तो छैन – लाग्छ विष्णु स्वयं अनभिज्ञ छन् | विष्णुको स्वर नसुन्ने त यो देशमा बिरलै होलान् तर विष्णुको भूमिगत जिन्दगीको बारेमा कमैलाई थाह होला | देशकै चर्चित गायिका कुनै सञ्चार माध्यममा छाउँदिनन् न त देश विदेशको कन्सर्टमै देखा पर्छिन् | न उनीसंग आफ्नो घर छ न एउटा मोबाइल | आखिर विष्णुलाई यस्तो कस्ले बनायो ? उत्तर : सुन्दरमणी अधिकारीले | विष्णु गीत गाँउछिन् – सुन्दरमणी पैसा बुझ्छन् |

विष्णुको जिन्दगीको रिमोट सुन्दरको हातमा छ | लाग्छ विष्णुले श्वास फेर्न पनि अनुमति सुन्दरकै लिनुपर्छ | हुन त केही बर्ष अगि सुन्दरले विष्णुलाई बिहे गरे भन्ने सुनियो तर बिष्णुले गाएर कमाएको करोडौँ पैसासंग गरे बिष्णुसंग थाह भएन | आफ्नै श्रीमतीलाई भूमिगत शैलीमा बाँच्न विवश तुल्याउने अधिकार श्रीमानलाई हुन्छ ? विष्णु सुन्दरमणीको नजरबन्दमा छिन् – उनको अवस्था के छ कसैलाई थाह छैन | न त उनका पिता तारा माझीलाई थाह छ न दाजु बाबुराम माझीलाई नै | गीत त गाउँछिन् अझै पनि तर रोबोट शैलीमा | रिमोट सुन्दरको हातमा छ | अन्तमा : विष्णुको बारेमा यथार्थ बाहिर किन ल्याउँदैनन् यो देशका पत्रकारहरू ? रेखा थापाको पाइन्ट एक इन्च तल झरे हेडलाइन खबर बनाउने पत्रकार महोदयहरू किन चुपचाप छन् ? डन चरी मारिँदा सदन अवरूध्द गराउने दलहरू के गरिरहेका छन् ? यो देशमा महिला अधिकारकर्मी छन् कि छैनन् ? छन् भने कहाँ रत्यौली खेलेर बसिरहका छन् ? हामी सम्पूर्ण संगीतप्रेमीहरूलाई एकमुष्ट जवाफ चाहियो ।

यस अघि गायीका विष्णु माझीको भूमिगत जीवन शैलीको विषयमा नेपाल साप्ताहिकमा पनि एउटा फिचर प्रकाशित भएको थियो । उक्त फिचरका लेखक पत्रकार गोकर्ण गौतमले पनि विष्णु माझीलाई उनीसँग विवाह गरेको भनिएका कलाकार सुन्दरमणि अधिकारीले सम्पूर्ण नियन्त्रणमा राखेको उल्लेख गरेका थिए । उनले लेखेका छन् ‘पाँच हजार गीतमा स्वर भरिसकेकी र दशकभन्दा बढी समयदेखि लोकगायनमा जमेकी बिष्णुको जीवन गुममान छ, लगभग भूमिगत शैलीमा । एक दशकको बीचमा उनी कुनै सार्वजनिक समारोह वा सञ्चारमाध्यममा देखा परेकी छैनन् । एउटा गीत गाएको अरु कलाकारले ६ ÷७ हजार रुपियाँ बुझ्ने बिष्णुको नयाँ तस्बिर बाहिर नआएकै आठ बर्ष बित्यो । स्वदेश तथा विदेशका सांस्कृतिक कार्यक्रममा उनको अत्यधिक माग छ तर कतै देखिन्नन् । समकक्षी कलाकारसँग उठबस छैन् ।

कतिपय भने स्टुडियोमा गीत रेकर्ड गराउँदा पनि उनले पर्दा लगाएर गाउने गरेको एक रेकर्डिस्टको भनाई छ ।  गाएरै सवैभन्दा धेरै कमाउनेमध्येकी यी लोकगायिकाको जीवनशैलीमा कुनै परिवर्तन आएको छैन । जस्तो सञ्चारप्रविधिको यो युगमा उनीसँग मोवाइलसमेत छैन । उनको काठमाण्डू बसाइबारे पनि धेरै जानकार छैनन् । यति चर्चित गायिका किन गुमनाम छिन त ? किन समाजमा घुलमील भएकी छैनन ? सोसल चार्म सिर्जना गर्न चाहन्न् ? उनीवरिपरि घुम्ने यिनै प्रश्नले नेपाली लोकगायन करिव दशकदेखि अनुत्तरित छ । बिष्णुको करिअरलाई नजिकबाट नियालीरहेका र लोकसंगीतमा सक्रिय स्रष्टाहरु उनको जीवनशैली गुमनाम हुनुको कारण मान्छन् सुन्दरमणी अधिकारीलाई ।’
बिष्णु माझी नेपाली लोक र दोहोरी क्षेत्रकी उज्वल नक्षत्र हुन् । उनका गीत सुन्नेहरुले पनि उनको ब्यक्तिगत जीवनको बारेमा जानकारी राख्दैनन् । 

Related Articles

Back to top button