लोकप्रिय कार्यक्रम इन्द्रेणी र यो कार्यक्रमसंग सम्बन्धित टीमले राष्ट्रिय आविष्कार केन्द्रको भ्रमण गरेको छ।यतिबेला आफ्नो आविष्कार को’रो’ना सं’क्र’म’णबाट बच्ने सामाग्रीहरू उत्पादन तर्फ केन्द्रित गरेको छ। ल’क’डा’उनको बेला उपयोग गर्ने र अ’स्प’ता’लमा डाक्टर तथा नर्सहरूले प्रयोग गर्ने र उपचार मा सहयोग पुग्ने सामाग्रीहरू निर्माण धमाधम गरिरहेको राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष डाक्टर महावीर पुनले जानकारी दिनुभयो।
राष्ट्रिय आविष्कार केन्द्रले को’रो’ना महामारीमा स्वास्थ्य कर्मीहरूले प्रयोग गर्ने उपकरणहरू बनाउँदै आइरहेको छ। पहिलोपटक कहिले नजानेको,नबुझेको,थाहा नपाएको,ल’क’डा’उन,पूर्वतयारी बिना नै फेस गर्नु परेको को’रो’ना म’हा’मा’रीमा यो पटक केही पूर्वतयारीमा जुटिरहेको र अहिलेको लागि पहिले भन्दै केही सहज रहेको पनि आविष्कार केन्द्रका प्रमुख महावीर पुनले जानकारी दिनुभयो।
“यसभन्दा अघिको एक वर्ष गर्नुपर्ने खास अनुसन्धान तथा आविष्कारको कामलाई थाती राख्दै सम्पूर्ण रुपमा को’रो’ना म’हा’मा’री विरुद्ध काम गर्ने स्वास्थ्य कर्मीहरूलाई बचाउनको लागि उनीहरूले प्रयोग गर्ने उपकरणहरू बनाउन मै बित्यो।,”महावीर पुनले भने।
यसबीचमा को’रो’ना सं’क्र’म’ण’को काम केही कम भैसकेपछी आविष्कारका विभिन्न कामहरू पनि भैरहेको थियो। जस्तै सोलर ड्राइअर बनाउने काम,मोटरसाइकललाई धुने अटोम्याटिक वासिङ मेसिन,कफी घुट्ने मेसिन,माहुरीको घार ओसार्ने मेसिन,गमला बनाउने,फलाम कु’ट्’ने,हाते ट्र्याक्टरहरू,रोबर्टहरू अहिले पनि बन्दै गरेको अवस्थामा छन्।
पुनले भने,” यहाँ जे जति बनाइन्छ,त्यो कुनै प्रतिस्पर्धामा भाग लिनको लागि बनाउने हैन। यो आविष्कार केन्द्रले बनाउने पनि हैन,जे जति बनाइन्छ त्यो आविष्कार केन्द्रका लागि बनाइएका हैन। यहाँ त केवल आइडिया लिएर आउने मान्छेहरूले बनाउने हो र उनीहरूको लागि सहजीकरण गरि वातावरण तयार गर्ने हो।त्यसपछि जति पनि चीजहरू बन्छन् त्यसलाई आविष्कारकहरूले व्यवसायीकरण गर्नुपर्छ।”
आ’लो’च’ना र केही वि’रो’ध गर्नेहरूलाई पुनले नम्र भएर भने,” भगवानले त सबैको चित्त बुझाउन सक्दैनन् भने हामी त मानव हौं कसरी सकौंला र! र चित्त नबुझाउनेहरूलाई हामीले भन्ने पनि गरेका छौँ तपाईंहरूले अहिले चित्त नबुझाए पनि हामीलाई निरन्तर काम गर्न दिनुहोस् तपाईंहरूले पछि चित्त बुझाए पनि हुन्छ। यदि चित्त बुझाउन सक्नुहुन्न भने चित्त नबुझाए पनि हुन्छ।”
पुनले भने, “आविस्कार केन्द्रको मासिक खर्च सात आठ लाख जति हुन्छ,अहिलेसम्म पाँच करोड जति सहयोग उपलब्ध भैसकेको छ।सबैले सहयोग गरिरहनुभएको छ,मातृभुमिको लागि सहयोग गर्नुभएको छ। उहाँहरूलाई हृदयदेखि नै आविष्कार केन्द्रको तर्फबाट हार्दिक आभार व्यक्त गर्न चाहन्छु।”कृपया उहाँसँग गरिएको कुराकानीको पूर्ण अंशलाई हेर्नको लागि तल दिइएको लिंकलाई क्लिक गर्न नभुल्नुहोला धन्यवाद!