EntertainmentVideo

अलिफ खान र मधु क्षेत्री एकसाथ बिहेको तयारीमा, मधु क्षेत्री अलिफ खान रियल जाेडी, छिट्टै बिहे (भिडियो हेर्नुहोस्)

चर्चित गायक अलिफ खान र गायिका मधु क्षेत्री एकसाथ मिडियामा देखिएका छन । युट्युब च्यानल माइक्रोसंसार टि.भि. मा उनीहरुको अन्तरबार्ता हेर्न सकिन्छ । अन्तर्वार्ताको क्रममै मधु क्षेत्रीले आफू छिट्टै बिहे गर्ने सोचाइमा रहेको कुरा स्पष्ट पारेकी छन ।

अलिफ र आफुबारे बाहिर जे जस्ता हल्ला चलेपनी आफुहरु राम्रो साथी मात्रा रहेको कुरा पनि उनले बताइन् । अन्तर्वार्तामै आफ्नो बिगतका दिनहरु सम्झिएर भावुक बन्दै काठमाडौंमा गरेको संघर्षको दिनहरुका किस्सा पनि सुनाइन् । रुप र धन भन्दा पनि आफ्नो बिगतलाई स्वीकार गर्ने र मन मिल्ने साथी पाए छिट्टै नै बिवाहा गर्ने कुरा मधुले बताइन् । त्यस्तै गायक अलिफ खानले पनि आफ्नो बिगत र संघर्षको दिनहरू सम्झिएर भावुक बने ।

आफू कुनै दिन भोकभोकै बस्नु परेको दिन सम्झदा उनको आँखा रसाए । आफुले गरेको सामाजिक काम प्रती कतिपय मानिसहरुले नराम्रो टिप्पणी गर्दा आफ्नो चित्त दुखेको उनले बताए । त्यस्ता व्यक्तिहरू आफू पनि केहि नगर्ने र अरुले कुनै राम्रो काम गरे खुट्टा तान्ने प्रवृतिका रहेको हुन सक्ने भए केइ राम्रो काम गरेर देखाउन उनले चुनौती दिए ।

उनिहरुले दर्शकहरुको माया र स्नेहले गर्दा नै आफुहरु यो स्थानमा आएको भन्दै सम्पुर्ण दर्शकश्रोताहरुलाई धन्यवाद दिए । दुबैले अन्तरवार्तामै निकै मिठामिठा आधुनिक र दोहोरी गीत सुनाए ।

अब पूरा भिडियो हेर्नुहोस् :

Related Articles

Back to top button