News

सरकारले बढायो वृद्धभत्ता

काठमाडौं । सरकारले वृद्धभत्ता ४ हजार रुपैयाँ पुर्याएको छ ।

शनिबार भएको आर्थिक वर्ष २०७८/७९ को बजेट भाषणमा अर्थमन्त्री विष्णु पौडेले ज्येष्ठ नागरिकले पाउने भत्तालाई ४ हजार पुर्याइएको जानकारी दिनुभयो ।

यसअघि ज्येष्ठ नागरिकले मासिक ३ हजार रुपैयाँ भत्ता पाउँदै आएका थिए । 

स्नातक उत्तीर्ण विद्यार्थीले २५ लाखसम्म ऋण पाउने

सरकारले स्नातक उत्तीर्ण विद्यार्थीलाई प्रमाण पत्र धितो राखेर पाँच प्रतिशत व्याज दरमा २५ लाखसम्म सहुलियतपूर्ण कर्जा उपलब्ध गराउने घोषणा गरेको छ ।

अर्थमन्त्री विष्णु पौडेलले २०७८/७९ को बजेट वक्तव्य जारी गर्दै विद्यार्थीहरूलाई सहुलियत कर्जा उपलब्ध गराउने बताउनुभएको हो ।

त्यस्तै, सामुदायिक विद्यालय र क्याम्पसमा अध्ययन गर्ने विद्यार्थीलाई प्रति विद्यार्थी ल्यापटप खरिद गर्न ८० हजार रुपियाँ एक प्रतिशत ब्याज दरमा दुई वर्षका लागि ऋण उपलब्ध गराउने समेत अर्थ मन्त्री पौडेलले बताउनुभयो ।

Related Articles

Back to top button