डिभोर्स पछि जेरीले सार्वजनिक गरिन् यस्तो भिडियो
डिभोर्सको दुई दिनपछि गायिका बबिता बानियाँ ‘जेरी’को एक वियोगान्त गीत सार्वजनिक भएको छ । राजु परियार र पूर्णकला बिसीको स्वरमा शनिवार ‘चोट’ शीर्षकको गीत सार्वजनिक भएको हो । बबिताको शब्द सिर्जना रहेको गीतमा विरही कार्कीको संगीत, कमल सौरागको संगीत संयोजन छ ।
सिद्धकाली डिजिटलको प्रस्तुतिमा निरोज भट्टको यस गीतको भिडियोमा गायिका बनिता बानियाँ स्वयंमसँगै कलाकार राजु आर डी र निरोज भट्टको अभिनय छ । स्मृति तिमिल्सिना ‘गुरुआमा’को कथा एवं निर्देशन रहेको गीतलाई स्रोता एवं दर्शकहरूले बबिताको यथार्थ जीवन कहानीसँग तुलना गरेर हेरेका छन् ।गीतले युट्युबमा निकै राम्रो भ्युज पाएको छ भने थुप्रै प्रतिक्रियाहरू आएका छन् ।
एक दिनमा भिडियोलाई ३ लाख ६० हजार बढीले हेरिसकेका छन् ।सुरेश श्रेष्ठको छायाँकन रहेको यस गीतको भिडियोलाई प्रविन भट्टले सम्पादन एवं कलर गरेका हुन् । प्रत्यक्ष दोहोरीबाट चिनिएका ‘जेरी’ र शंकर क्षेत्रीले गत बिहीबार सम्बन्ध विच्छेद गरेका हुन् ।
हरि अभिनव विद्वत् प्रतिभा पुरस्कार प्राडा ज्ञवालीलाई
काठमाडौँ, २७ कात्तिक । अभिनव साहित्य समाजले यस वर्षको हरि अभिनव विद्वत् प्रतिभा पुरस्कार प्रा डा रामप्रसाद ज्ञवालीलाई प्रदान गरेको छ । साहित्य र प्राध्यापन क्षेत्रमा सक्रिय ज्ञवालीलाई रु ३० हजार राशिसहित दोसल्ला र अभिनन्दनपत्र रहेको यस वर्षको हरि अभिनव विद्वत् प्रतिभा पुरस्कार प्रदान गरिएको हो । समाजले विसं २०६५ देखि हरिप्रसादको जन्म महिना पारेर कात्तिकमा पुरस्कार वितरण गर्दै आएको छ । शनिबार जोरपाटीमा आयोजित कार्यक्रममा पुरस्कार दिइएको हो ।
समाजले विसं २०६५ देखि नै संस्कृति, दर्शन, ज्योतिष र साहित्यको क्षेत्रमा उल्लेखनीय योगदान दिने व्यक्तित्वलाई पुरस्कृत गर्दै आएको छ । पहिलोपटक विसं २०६५ मा यो पुरस्कार प्राज्ञ डा जगमान गुरुङलाई प्रदान गरिएको थियो । पुरस्कार प्रदान गर्नुहुँदै साहित्यकार रोचक घिमिरेले यस्तो सम्मानले सिर्जनामा लाग्ने स्रष्टालाई प्रेरणा मिल्ने बताउनुभयो ।
कार्यक्रममा समाजका अध्यक्ष गोविन्दप्रसाद घिमिरे वेदमणि, पुरस्कृत व्यक्तित्व ज्ञवालीलगायतले साहित्यिक स्रष्टालाई गरिने सम्मानले यस क्षेत्रलाई अघि बढाउन सहयोग मिलेको बताउनुभयो । सो अवसरमा दुई सय ४९ मासिक साहित्यिक शृङ्खला पनि सम्पन्न भएको थियो । साहित्यिक कार्यक्रममा दर्जनाँै कवि एवं कवयित्रीले रचना पाठ गर्नुभएको थियो । समाजले प्रत्येक महिनाको अन्तिम शनिबार जोरपाटीमा साहित्यिक कार्यक्रम आयोजना गर्दै आएको थियो । कार्यक्रममा सर्वानन्दा सरस्वती चौलागाईँको गीतसङ्ग्रह देशको खबर विमोचन गरिएको थियो ।
विसं २०६५ मा समाजको अध्यक्षसमेत रहनुभएका घिमिरेले अक्षयकोषमा रु चार लाख राखी पुरस्कार स्थापना गर्नुभएको थियो । हरिप्रसाद राजधानीको उत्तरपूर्वी भेगमा ख्यातिप्राप्त ज्योतिषीका रूपमा स्थापित हुनुहुन्थ्यो ।