EntertainmentVideo

बर्खा सुरु भए लगतै फेरी चर्चामा बहुचर्चित गायक बिष्णु खत्री र जुना श्रीष को आवाजमा रहेको “बर्खा” गीत …(भिडियो सहित)

काठमाडौं किसानी दाईको हलो र जुवा,बेशी खोला खेत जस्ता कालजयी बर्खे गीतहरुका होनहार सर्जक तथा अग्रज गायक बिष्णु खत्रीको नया बर्खे गीत ’बर्खा’ बजारमा आएको पनी एक बर्ष भयो ।बिष्णु खत्रीको सृजना आउनु अगाडिनै बेग्लै चर्चा हुने गर्छ सांगीतिक बजारमा।माहोल तात्छ उनको सृजना बजारमा आउदा।

पछिल्लो समय असारे भाकाहरु बजारमा आउननै छाडेको परिवेसमा पनि बिष्णु खत्रीले फेरी एक पटक आम लोक गीत संगीत प्रेमी मनहरुको प्यासलाइ तिर्खा मेटाउने कोसिस गरेका छन।नेपाली लोक दोहोरीको क्षेत्रमा बिगत लामो समय देखि साधना गर्दै एउटा अब्बल सर्जकको नाम पाएका खत्रीको यो सृजनाले १ वर्षमै राम्रो सफलता समेत पाएको छ । अब त बर्खा सुरु भयो फेरी बजार तताउनेमा दुईमत छैन।

गीतमा बिष्णु खत्री र जुना श्रीषले आवाज दिएका छन।बिष्णु खत्रीको लय तथा शब्द सृजनामा बजारमा आएको उक्त गीतमा अभिनय पनि बिष्णु खत्री आफैले आफ्नै गाउँमा दृश्य निर्माण गरेका छन ।खत्रीलाई महिला मोडलमा अप्सना थापाले साथ् दिएकी छिन।शिबन पोख्रेलको निर्देशन र करण चैसिरको छायांकनमा तयार भएको उक्त गीत बिष्णु खत्रिकै अफिसियल युटुब च्यानल मार्फत बजारमा भएको थियो ।एक पटक सम्मान स्वरूप यो गीत हेरौ र सेयर गरौ : फेरी यो वर्षपनी फेरी सफलता पाउने छ भन्ने आसा राखौ ।

आउनुहोस् गीतको भिडियो हेरौ:

Related Articles

Back to top button