News

प्रधानमन्त्री ओलीलाई प्रियंकाको सुझाव : भोट पाउनेलायक काम गरेर त देखाउनुहोस पहिले

काठमाडौं, १५ जेठ । चर्चित नायिका प्रियंका कार्कीले चुनावको भोटको आशा गर्ने सरकारलाई पहिले भोट पाउनेलायक काम गरेर देखाउन सुझाव दिएकी छिन् । उनले अहिले कोरोनासँग जनता जुधिरहेको र जनताको अवस्था दयनीय रहेको बताउँदै अहिले चुनाव नचाहिने बताएकी छिन् ।

हाम्रो नेपाल सरकार प्रति बिनर्म अनूरोध!

आखा खोलेर एक़ पटक निहालेर देशको स्तिथि हेरनूस! आहिलेको समयमा देश र जनतालाईं चूनाव चाहिदैन! यो आहिले प्राथमिकतामा पर्देंन। यति सामान्य कुरा पनि देखन र बुझ्न नसकने?

देश हाक़ने शक्ति, देशलाईं प्रगति र उन्नतिको मार्गमा लाने र ईमानदारी र ज़िम्मेवारीको साथ देश र जनताको सेवा र सुरक्षा गर्ने यो सरकारको दायित्व होईन र ?

हज़ारौको दरले दैनिक कोरोना संक्रमितहरू बडिरहेका छन, अस्पतालमा ठाउ छैन, वेंटिलेटर छैन, अक्सिजन छैन, जनताले VACCINE लाउन पाएको छैन, निशादेज्ञा चलिरहदा जनताले दुइ छाक खान पाएका छैनन, हामी नेपाल जस्तो संस्था र आदर्श मिश्रा जस्तो नागरिकले देशको हालत र परिस्थितिमा सुधार ल्याऊन दिन रात खटिरहेका छन जून काम खासमा यो सरकारको हो!

यो सब देखदा देखदै पनि आहिलेको नाज़ुक घड़ीमा ४० अरब चूनावमा खर्च ग़र्ने? देश र जनतालाई साचै यही चाहिएको हो त यो समयमा?

बुझ पचाएर बस्ने?

अझै पनि आफूले आफुसंग नज़र मिलाउन सकछौ ए सरकार? राति निंद्रा रामरो लागछ?

तिम्रो देश जलिरहेको छ। जनताहरू मरीरहेका छन। आक्रोश फैलिएको छ। त्रास छ। डर छ।

अहिलेको समय र परिस्थितिको प्राथमिकता बुझनुस!

४० अर्ब OXYGEN CYLINDERS, ICU WARDS, VENTILATORS, HEALTHCARE SYSTEM, FREE VACCINES FOR ALL मा खर्च गरनुस!

यो प्राथमिकतामा परे जनता खुशी पनि हुँथे, राहत पनि मिल्थ्तो।

जनता रहे त देश रहनछ नि होइन र ?

चुनाव त बिस्तारी समय परिस्थिति ठीक भाएपछि गरौला नि!

चुनावमा भोटको आशा गर्ने ए सरकार, भोट पाऊने लायक काम गरेर त देखाऊनुस पहिले।

बिनर्म अनुरोध।

– प्रियंका कार्की

सामाजिक सञ्जालमार्फत उनले यस्तो धारणा सार्वजनिक गरेकी हुन् । उनले सरकारमा बसेकाहरुलाई आँखा खोलेर एक पटक देशको स्थिति नियाँलेर हेर्न पनि सुझाव दिएक िछिन्। उनले आहिलेको समयमा देश र जनतालाईं चूनाव नचाहिने पनि बताएकी छिन् ।

Related Articles

Back to top button