International

साउदीमा एक नेपालीलाई दिइयो मृत्युद’ण्डको सजाय, को हुन् उनी ?

काठमाडौं : साउदी अरबमा एक नेपालीलाई मृ’त्यु’द’ण्ड दिइएको छ। मृ’त्यु’द’ण्डको स’जाय पाएर १५ वर्षदेखि जेल जीवन बिताइरहेका उदयपुरका विवेक दाहालको मृ’त्यु’द’ण्डको सजाय कार्यान्वयन गरिएको हो।

मृ’त्यु’द’ण्डपछि उनको शव परिवारलाई नदिई साउदीमा जमिनमा गाडिएको छ। रियादस्थित नेपाली दूतावासकाअनुसार जुवेल जेल प्रशासनले कार्तिक ६ गते दाहाललाई मृ’त्यु’द’ण्डको सजाय कार्यान्वयन गरेको हो। साउदीका लागि नेपाली राजदूत नवराज सुवेदीले दूतावासलाई जानकारी नदिई मृ’त्यु’द’ण्डको सजाय कार्यान्वयनमा आएको बताए।

‘दाहाललाई माफी दिइन्छ भनेर हामी ढुक्क थियौं। तर एक्कासि मृ’त्यु’द’ण्डको सजाय कार्यान्वयन गरिएको खबर आयो। जेल प्रशासनले ४८ घण्टापछि मात्रै सूचना दियो,’ सुवेदीले भने, ‘यो हाम्रो लागि निकै दुर्भाग्यपूर्ण हो।’ विवेक दाहालले सन् २००७ फेब्रुअरी २ मा आफन्त राजेन्द्र विष्टको ह’त्या गरेका थिए। अदालतले विष्टको ह’त्या गरेको ठहर गर्दै मृ’त्यु’द’ण्डको सजाय सुनाएको थियो।

२००६ मा साउदी अरब पुगेका दाहाल, विष्ट र सुडानी नागरिक साउदी मरुभूमिमा ऊँटको हेरचाह गर्ने काम गर्थे। दाहालले सुतिरहेको बेला विष्ट र सुडानी नागरिक ह’त्या प्रयास गरेका थिए। विष्टको तत्काल मृ’त्यु भएको थियो भने सुडानी नागरिकको आँखामा क्षति पुगेको थियो। उनीमाथि पशु कर’णी गरेको आरोप लागेको थियो।-himalpost

Related Articles

Back to top button