तीन ह’प्ता वितिसक्दा पनि साउदीबाट आएन काशीराजको श’व
कपिलवस्तु : साउदी अरेवियाको अल्जोफ सहरमा रोजगारीको सिलसिलामा रहेका बुद्धभूमि नगरपालिका १ विरपुरका ४९ वर्षीय काशीराज अधिकारीको श’व ३ हप्ता भइ सक्दा पनि नेपाल आउन ल्याउन छैन । गत वैशाख २३ गते उनको अल्जोफ सहरमा मृ’त्यु भएको परिवार स्रोतले बताएको छ ।
साउदी अरेवियामा मृ’तकका अन्य साथीसँग सम्पर्क हुन नसक्दा र आफूहरुको श’व ल्याउन सक्ने पहुँच नहुँदा मृ’तक काशीराजको शव नेपाल ल्याउन नसकिएको मृ’तकका भाइ शेरबहादुर अधिकारीले बताए । पतिको श’व घरसम्म ल्याउन नसक्दा उनकी पत्नी लक्ष्मी भूषाल सहयोगका लागि दैनिकजसो भौतारिने गरेकी छिन् ।
उनका पति ४९ वर्षीय काशीराज अधिकारीको गत वैशाख २३ गते साउदी अरेवियाको अल्जोफमा मृ’त्यु भएको खबर उनले पाएकी थिइन् । तर आजसम्म पनि श:व ल्याउन नसक्दा पति वियोगको पीडा लिएर शव घर ल्याउन चौतर्फी हारगुहार गर्दै हिँडेकी छिन् ।
श्रीमानको श’व ल्याउन पहल गरिदिन आग्रह गर्दा जिल्ला प्रशासनबाट खासै पहल हुन नसकेको उनको गु’नासो छ । १२ वर्षदेखि साउदी अरेवियामा काम गर्दै आएका उनका काशीराज यस वर्षको दशैंमा घर आउने योजनामा थिए।
४ वर्ष अघि पछिल्लो पटक आफ्ना पति साउदी अरेविया गएको उनले बताइन् । गाउँमा वन क्षेत्रमा घर बनाइ बसेका मृ’तक काशीराजका परिवारको जग्गा जमिन छैन । मृ’तक अधिकारीकी श्रीमती र २ छोरी र १ छोरा छन्। उनीहरु सबैको खर्च मृ’तक अधिकारीले नै व्यहोर्दै आएका थिए। तर उनको मृ’त्युसँगै अधिकारी परिवारमा बज्रपात परेको छ ।
अधिकारीको श’व ल्याउनका लागि वडादेखि नगरपालिकाहुँदै पीडित जिल्ला प्रशासन कार्यालय तौलिहवा धाइरहेका छन् । तर उनीसँग काशीराजको मृ’त्यु दर्ता प्रमाण पत्र नहुँदा जिल्ला प्रशासन कार्यालबाट पहल अघि बढ्न नसकेको मृ’तक अधिकारीका आफन्त अच्युत अर्यालले बताए ।
पतिको मृ’त्युको खबर साउदी अरेवियाको कम्पनीबाटै आफूलाई आएको र कम्पनीले प्रक्रिया मिलाएर शव घर पठाइदिने आवश्वासन प्राप्त भएको लक्ष्मीले बताइन्। मृ’तक अधिकारीको पत्नी लक्ष्मीले भनिन्,’३ हप्ता बढी हुँदा पनि श’व अझै आउन सकेको छैन ।'(अन्नपूर्ण पोष्ट बाट)