दु’खद खबर, मनाङमा बाढी : ६ घर विस्थापित, चार टहरा र पक्की पुल बगायो, आवत जावत बन्द !
मनाङ, १५ जेठ। हिमालपारीको मनाङ सदरमुकाम चामेको नयाँबजार क्षेत्रमा बुधबार रातिदेखिनै परेको वर्षाका कारण पर्न गएको प्रभावले स्थानीय खहरे खोलामा बाढी आएको छ। जस कारण दर्जनौ घरहरु जोखिममा परेका छन्। शुक्रबार दिउँसो घट्टेखोलामा आएको बाढीले ४ टहरा र एक पक्की पुल बगाएको छ।
२ किलोमिटर सडक क्षतविक्षत बनाएको छ।
मनाङका प्रमुख जिल्ला अधिकारी विष्णु लामिछानेले बाढीले केही पक्की घरहरुको जग हल्लाएको र आँगन बगाएको बताए। प्राप्त जानकारी अनुसार बाढीले एभरेष्ट होटलको शौचालय, कुखुराको खोर बगाएको र मुख्य भवनको जग धरापमा पारेको छ ।
मनाङको चामे बजारमा बाढी पसेकाले नेपाली सेना, सशस्त्र, नेपाल प्रहरी र स्थानीयले बाढी नियन्त्रण गरेका थिए। वर्षा जारी रहेकाले जोखिम कायमै रहेको उनले बताए। बाढीबाट विस्थापित परिवारलाई चामे गाउँपालिकाको भवनमा, लोकप्रिय मावि र आफन्तकोमा राखिएको छ।
मनाङका जिल्ला संयोजक मनोज सुवेदीले भने – सदरमुकाममा एक्कासी बाढी चलेपछि स्थानीय त्रसित बनेका छन्। ‘यतिबेला मनाङमा सञ्चार छैन, खानेपानी छैन, विद्युत, टेलिफोन केही छैन। ‘पानी पर्न नरोकिएकाले सबैजना डराई डराई बस्नुपरेको छ।’
बिहीबार आएको बढीले तिमाङखोला र स्यार्कुखोलाको काठको पुल बगाएको थियो। पुल बगाउँदा बेसीशहर–चामे सडकखण्ड अबरुद्ध बनेको छ। पुल बगाएपछि तिमाङ क्षेत्रबाट सवारीसाधन तल्लो क्षेत्र आउन र माथिल्लो क्षेत्र जान सकेका छैनन्। दुईवटा पुल बगाएपछि तत्कालका लागि आवतजावत बन्द भएको स्थानीय कमल गुरुङले बताए।
तिमाङखोलाको काठेपुल गत वर्षको बाढीले पनि बगाएको थियो। निरन्तरको वर्षासँगै आएको बाढीले तिमाङखोलामा निर्माण गरिएको बेलिब्रिज पुलसमेत जोखिममा रहेको छ। गुरुङका अनुसार बाढीले स्यार्कुखोला लघु जलविद्युत आयोजनाको ३० मिटर कुलो, बाँध, ह्युमपाइप, घट्टासमेत बगाएको छ। फाइल फोटो