Video
निखिलको ४ करोड महँगो डिभोर्स (भिडियो)
काठमाडौँ | नेपाली चलचित्रका ख्यातिप्राप्त नायक निखिल उप्रेतीको वास्तविक जीवन पनि कुनै चलचित्रभन्दा कम छैन । दुईवटा वैवाहिक सम्बन्धको जंजालमा फँसेर उनले आफ्नो निजी जीवनलाई लगभग अस्तव्यस्त नै तुल्याए ।
हालै जेठी पत्नी कोपिला उप्रेतीसँग निखिलको औपचारिक सम्बन्धविच्छेद भएको छ । निखिलले गत साउनमा कोपिलासँगको २० वर्ष पुरानो वैवाहिक सम्बन्धलाई कानूनीरूपमा अन्त्य गरेका हुन् । व्यवहारिकरूपमा भने उनीहरू करिब १३ वर्षदेखि अलग थिए ।
औपचारिक डिभोर्सपछि निखिलमाथि लाग्ने गरेको बहुविवाहको आरोपबाट मुक्ति त मिलेको छ, तर तनावका विषयहरू सकिएका छैनन् । खासगरी आर्थिक व्यवस्थापनको पाटो आगामी दिनमा उनका लागि चुनौतीपूर्ण बन्ने देखिन्छ ।कति मङ्गो परो उनलाई यो सम्बन्ध विक्षेत ? पूरा जानकारी सहित हेर्नुस भिडियो