रामेछापबाट काठमाडौं आउँदै गरेको बस दुर्घटना
रामेछाप २३ असोज / रामेछापमा बस दुर्घटना भएको छ । खाँडादेवी गाउँपालिकाबाट काठमाडौं आउँदै गरेको बा ३ ख ४०४८ नम्बरको रिर्जभ वस खाँडादेवी गाउँपालिका–३ भिरपानीको गुन्डुखोला भन्ने ठाउँमा दुर्घटना हुँदा १३ जना घाइते भएका छन् ।
घाइते मध्ये तीन जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय रामेछापका डिएसपी राजकुमार थिङले जानकारी दिए । उनका अनुसार रिजर्भ बस ओरालो मोडमा अनियन्त्रित भई सडक छेउमा पल्टिदा बसमा सवार १६ जना मध्ये १३ जना घाइते भएका हुन् ।
डिएसपी थिङका अनुसार घाइतेहरुको उद्दार गरी थप उपचारको लागि धुलिखेल अस्पताल पठाइएको छ ।
अन्य समाचार / राप्रपाकी नेतृ रेखा थापाले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवारी दर्ता गरेकी छन् । आइतबार मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उनले मोरङ ३ बाट उम्मेदवारी दर्ता गरेकी हुन् ।
आफ्नो उम्मेदवारी युवाले गरेको विद्रोहको रुपमा लिएको बताएकी उनले आफ्नो जित सुनिश्चित रहेको दाबी पनि गरिन् । थापाले उम्मेदवारी दिएको मोरङ ३ मा एमालेका भानुभक्त ढकालले टिकट पाएका छन् ।

उम्मेदवारी दर्तापछि रेखा थापाले फेसबुकमा लेखेकी छन् :
मेरो राजनितीक यात्रा समयको माग हो , आज मोरङका जनताको सेवाका लागी , विगत ३० बर्ष देखि संसदमा पुगेका दलका नेताहरुले मोरङबासीकालागी गरेको काम हेर्दा , समाजले एउटा नेतृत्व वाट गर्ने अपेक्षा र नेतृत्वले जनताप्रति गरेको घातका कारण मोरङका जनताकाखातिर युवाले गरेको विद्रोह हो । अव पनि हामी नबोले, आमीले आवाज नउठाए कस्ले उठाउछ ? देश बनाउन् कसम खाएका नेताहरुले देश त परै जावस आफ्नो समाजकोलागी सम्म पनि उत्तरदायी बन्न् किन सकेनन ? किन हामी मोरङवासी सधै देशको, राजनीतिको केन्द्रविन्दु हुदाहुदै पनि पछि परिेका छौ त ? यस्तै तमाम समस्याले गर्दा मैले , मोर क्षेत्र नै ३ वाट यूवा विद्रोहको रुपमा उमेद्वारी दिएकी छु । रंगमन्चको पर्दामा रेखाथापाको जुन खालको योगदान थियो अव नेपाली समाजको , मोरबासीको , आमाहरु अनि छोरीहरुका लागी विशेष योजना सहित विशेष काम गर्ने छु ।
यसपटक पैसाले भोटकिन्ने प्रथाको अन्त्य हुनेछ । यसपटक जनतालाई झुट कोलेर संसद बन्ने प्रथाको अन्य हुनेछ । छिट्टै मैले मेरा केही योजनाहरु सहित तपाईको विचमा आफुलाई उभ्याउने छु । यसपटक मोरङले राजनीतिक उच्च चेतना प्रदशन गर्नेछ, मोरङबासी राजनीतिक दाश होइनन, उच्च चेतना र परिर्वतनका संवाहक पनि हुन, भनेर गतिलो जवाफ दिनेछन भन्ने विश्वासका साथ संसदिय इतिहाँसमा मोरङले परिर्वतनका लागी विद्रोह गदैछ , त्यो चेतनसिल विद्रोहमा मा सम्पुर्णआमा वुवा दाजुभाई दिदिबहिनीहरुले दिनुभएको साथ र हातलाई म सधै उच्च सम्मान गर्ने छु । मोरङबासीको जित सुनिश्चित छ ।