ह्वात्तै बढ्यो सुनको भाउ : तोलाको कति पुग्यो ? हेर्नुहोस्
काठमाडौं । नेपाली बजारमा आइतवार सुनको मूल्य एकैदिन तोलामा ३ हजार रुपैयाँले बढेको छ ।
नेपाल सुन चाँदी व्यवसायी महासंघले चाँदीको मूल्य भने ८५ रुपैयाँले बढेको बताएको छ । आइतवार छापावाल सुनको मूल्य तोलामा ९६ हजार रुपैया कायम भएको छ । त्यस्तै चाँदीको मूल्य १ हजार २५५ रुपैयाँ कायम भएको छ ।
उता महासंघले भने एकै पटक मूल्य बढ्नुको कारण दशैं बिदाको मूल्य समायोजन भएको बताएको छ । दशैं बिदा अघिको अन्तिम दिन असोजमा १४ गते छापावाल सुनको मूल्य ९३ हजार रुपैयाँ र सुनको मूल्य १ हजार १७० रुपैयाँमा कारोबार भएको थियो ।

अन्य समाचार / काठमाडौं – नेपाल राष्ट्र बैंकले शनिबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। अमेरिकी डलर एकको खरिद दर १३१ रुपैयाँ ४२ पैसा र बिक्री दर १३२ रुपैयाँ ०२ पैसा पुगेको छ।
यस्तै युरो एकको खरिद दर १२८ रुपैयाँ ८६ पैसा र बिक्री दर १२९ रुपैयाँ ४५ पैसा रहेको छ। बेलायती पाउण्ड एकको खरिद दर १४७ रुपैयाँ ४४ पैसा र बिक्री दर १४८ रुपैयाँ ११ पैसा रहेको छ।
कतारी रियालको मूल्य एकको खरिद दर ३५ रुपैयाँ ९४ पैसा र बिक्री दर ३६ रुपैयाँ ११ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।