News
एमाले नेता ढुंगेल आफ्नै घरमा मृत फेला
काठमाडौं–एमालेका नेता बालकृष्ण ढुंगेलको निधन भएको छ । शनिबार विहान काठमाडौं काँडाघारीस्थित आफ्नै निवासमा उनी मृत भेटिएका हुन् ।
काँडाघारीस्थित आफ्नै निवासमा बाथरुममा लडेर उनको निधन भएको पारिवारिक स्रोतले जानकारी दिएको छ । परिवारका अरु सदस्य महोत्तरीको बर्दिबास गएकाले ढुंगेल घरमा एक्लै थिए ।
२०६४ सालमा ओखलढुंगा जिल्लाबाट माओवादीबाट संविधानसभा सदस्यमा निर्वाचित भएका थिए । सशस्त्र युद्धकालमा ओखलढुंगाका उज्जनकुमार श्रेष्ठ हत्या अभियोगमा सर्वोच्च अदालतबाट दोषी ठहर भई जेल सजाय भोगेका उनी २०७५ सालमा गणतन्त्र दिवसका अवसरमा रिहा भएका थिए ।
नेकपा एमाले र नेकपा माओवादी केन्द्र एकीकरण भएर बनेको तत्कालिन नेकपा विभाजित भएपछि ढुंगेल एमालेमै बसेका थिए । उनी हाल एमालेको पोलिट्ब्यूरो सदस्य थिए ।