मोटरसाइकलमा कलंकी जाने भनेर लिफ्ट मागेकी युवतीले जब चोभार पुर्याइन् र त्यसपछि…
काठमाण्डौ । कुनै सुन्दर युवतीले लिफ्ट मागिन् भनेर मख्ख पर्दै लिफ्ट दिँदा सम,स्यामा पर्न सकिन्छ । एक यु,वतीलाई सहयोग गर्ने भन्दै लिफ्ट दिँदा सिन्धुली कमलामाई नगरपालिका २ का भोलाबहादुर जर्घामगरले नसोचेको घटना भोग्नु परेको छ ।
सिन्धुली कमलामाई नगरपालिका २ का भोला,बहादुर जर्घामगरलाई एक युवतीले मागेपछि उनले उक्त युवतीलाई लिफ्ट दिए । युवतीले आफुलाई कलंकी जानु पर्नुेभन्दै लिफ्ट मागेको हुनाले र भोला बहादु,रलाई पनि कलंकी नै जानु पर्ने हुनाले बाटो र पुग्ने ठाउँ एउटै भएपछि भोलाले ती युव,तीलाई आफ्नो मोटरसाईकलमा बसाले ।
यो गत साउन ८ गतेको कुरा हो । जतिबेला भोला काठमाण्डौको रत्नपार्कमा थिए । सोही रत्न,पार्कबाट युवतीले कलंकी जानकोलागी लि,फ्ट मागेकी थिईन् । रत्नपार्कबाट भोलाले ती युवतीलाई कलंकी पु,र्याइदिए । कलंकी पुर्याई दिएपछि आफ्नो मोटरसाईकलबाट झर्न भनेका भोलालाई ती लिफ्ट माग्ने युवतीले कलं,की नभई चो,भारसम्म पुर्याई दिन फेरी अनुरोध गरिन् । भोला साँ,च्चैको भोला रहेछन् ।
उनले ती युवतीलाई अप्ठ्या,रो नै परेको होला भन ठानेर चोभारसम्म पुर्याए । जब भोला ती लिफ्टेड युवतीलाई लगेर चोभार पुगे तब ती युवतीले आफुलाई अन्य दुई जना युवा भएको ठाउँमा मोटरसाईकल रोक्न भनिन् । भोलाले ती युवतीको कुनै दाजुभाई वा साथीहरु होलान् भन्ने लागेर ती दुईजना युवक भएको ठाउँमा मोटरसाईकल रोक्दा भोलालाई तिनीहरुले आफ्नो नियन्त्रणमा लिए । उनीहरूले भोलाको साथमा रहेको ६ तोला सुनको सिक्री, मोबाइल, चश्मा र सात हजार रुपैयाँ पनि लुटे ।
आफु लुटिएपछि भोला महानगरीय अपराध महाशाखामा उजुरी गर्न गए । त्यही उजुरीको आधारमा महाशाखाले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा दोलखाको शैलुङ गाउँपालिका ३ घर भई काठमाडौं स्युचाटार बस्ने ४९ वर्षीय लालबहादुर श्रेष्ठ रहेको महाशाखाले जनाएको छ । घटनामा संलग्न युवती र अन्य व्यक्तिहरूको खोजी भइरहेको परिसर प्रमुख एसएसपी दीपक थापाले बताए । पक्राउ परेका श्रेष्ठलाई आवश्यक कारबाहीको लागि महानगरीय प्रहरी परिसर ललितपुरमा बुझाइएको उनले बताए ।