सन्दीप लामिछानेलाई कहाँ राखिएको छ अहिले ?
काठमाडौं । नावालिग बला’त्कारको आरोपमा पक्राउ परेका नेपाली क्रिकेट टिमका पुर्व कप्तान सन्दिप लामिछानेलाई गौशला प्रहरी बृतको हिरासतमा राखिएको छ ।
बिहिवार कतार एवरवेजवाट स्वदेश फर्केका लामिछानेले त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थलमा आत्मसमपर्ण गरे लगत्तै नेपाल प्रहरीले प’क्राउ गरेर गौशाला लगेको थियो । प्रहरीका अनुसार जुन ठाउँमा उनी माथी उजुरी परेको हो, सोही स्थानवाट कारवाही प्रक्रिया सुरु गरिनेछ । पक्राउ परे लगत्तै उनी माथी प्रहरी कारवाही सुरु भएको छ ।
गौशाला प्रहरी वृत्त पुर्याएर हाजिरी गराएपश्चात सन्दीपलाई सिनामंगलस्थित केएमसी अस्पतालमा लगेर स्वास्थ्य परीक्षण गरियो । त्यहाँबाट फर्काएपछि सोही वृत्तको हिरासतमा राखिएको छ । आज हिरासतमा सन्दीपलाई उनका दाजु र वकिलले भेटे । चितवनबाट आएका दाजुले सन्दीपको लगेज वृत्तबाट बुझेर लगेका थिए । सन्दीपका बाबुआमा भने चितवनमै छन् ।
सन्दीपको घटना सार्वजनिक भएसँगै बुवाआमामा मानसिक प्रभाव परेको छ । उनीहरु दुवै अस्वस्थ बनेपछि अहिले चितवनमै रहेको एक छोरीको घरमा बस्न थालेको पारिवारिक स्रोतले बतायो । अस्वस्थताका कारण उनीहरु आज काठमाडौं आउन सकेनन् ।