Entertainment

यसरी मनाए कलाकारले दसैँ हेर्नुहोस् (फोटो फिचर सहित)

काठमाडौं । विजया दशमी कलाकारले धुमधामसँग मनाएका छन् । अभिवावबाट बडादसैँको टीका ग्रहण गरेका तस्वीरहरु कलाकारहरुले सामाजिक सञ्जालमार्फत् सार्वजनिक गरेका छन् ।

नेपालको पहिलो अभिनेत्री भुवन चन्दले श्रीमान् माइकल चन्दको हातबाट टीका ग्रहण गरेपछि परिवारका अन्य सदस्यलाई पनि टीका लगाइदिएका छन्। यस्तै अभिनेता हरिवंश आचार्यले स्वर्गीय श्रीमती मिरा आचार्यको तस्वीर राखेर पत्नी, छोरा र बुहारीलाई टीका लगाइदिएका छन्।

यसैगरी अभिनेता अनमोल केसीले पिता तथा अभिनेता भुवन केसीको हातबाट टीका र जमरा थापेपश्चात् आशिर्वाद लिएका छन्। ‘छड्के २’ को छायाङ्कनमा व्यस्त अनमोललगत्तै ‘जेरी’मा व्यस्त रहेका छन्।

अभिनेत्री सुहाना थापाले बुबा सुनिलकुमार थापा र आमा झरना थापाबाट टिका ग्रहण गरिरहेका छन्। अभिनेत्री तथा निर्देशक दीपाश्री निरौलाले बुवाबाट, अभिनेता तथा निर्देशक निर्मल शर्माले आमाबाट र अभिनेता जितु नेपालले आमाको हातबाट टीका ग्रहण गरेका छन्।

यस्तै आमाबाट टीका र जमरा ग्रहण गरेपछि सामुहिक तस्वीर खिचाउँदै हाँस्यकलाकार शिवशङ्कर रिजालले दसैँको शुभकामना दिएका छन्। “तराई गएर अन्य मान्यजनबाट टीका ग्रहण गर्नेछु । मेरो दसैँ तराई र काठमाडौँमा बराबर हुँदै आएको छ”, उनले सामाजिक सञ्चालमा लेखेका छन् ।

Related Articles

Back to top button