News
भोलि दसैंको शुभ साइत यस्तो छ। (हेर्नुहोस् )
काठमाडौं । यस वर्ष विजयादशमीको साइत बुधबार असोज १९ गते बिहान ११ बजेर ५१ मिनेटमा रहेको छ । घटस्थापनादेखि पूजा–आराधना गरिएकी देवीलाई बिहान १०ः३४ बजे विसर्जन गरी ११ः५१ को साइतमा टीका लगाउन सकिने नेपाल पञ्चांग निर्णायक समितिले जनाएको छ ।
पूर्वी मोहडा गरेर टीका लगाउनुपर्ने पनि समितिले जनाएको छ । देवीको प्रसादका रूपमा कोजाग्रत पूर्णिमाका दिनसम्म मान्यजनबाट टीका र आशीर्वाद थाप्न सकिने समितिले जनाएको छ ।
नेपालमा राष्ट्रिय चाडका रूपमा दशैं मनाउने गरिन्छ । दशैंमा वातावरण नै उल्लासमय बन्छ । देवीको प्रसादका रूपमा देशका धेरै भागमा कोजाग्रत पूर्णिमाका दिनसम्म मान्यजनबाट टीका र आशीर्वाद थाप्ने गरिन्छ ।
बिजया दशमीको हाम्रो तर्फ बाट पनि सम्पुर्ण नेपाली पाठक हरुमा शुभकामना