शिव हमालको सिर्जना कुलेन्द्रको आवाजमा रहेको “पछ्यौरी मलमल” मा अस्मिताको उत्कृष्ट नृत्य (भिडियो सहित)
काठमाडौं पछिल्लो समयको सांगीतिक बजारमा नेपाली लोक गीत संगीत चर्चा परिचर्चामा रहेको छ । समस्त लोक दोहोरी गीत सबै दर्शक श्रोताको नजरमा लोकप्रिय भन्दै गएका छन् । कति गीतहरुले त करोड क्लव प्रवेश गरिसकेका छन् त कति गर्ने बालामा छन् । यसै सन्दर्भ बजारमा धेरै सर्जकले आफ्नो गीत दर्शक श्रोतामा पठाएका र कयौ माया पाएका छन् ।
लोक तथा दोहोरी क्षेत्रमा पछिल्लो समय एकपछि अर्को गरेर गीतहरु आउनेक्रम बढेको छ । मायाप्रेम र बिछोडले भरिएका गीतहरु दैनिकजसो बजारमा आईरहेका छन् । त्यसो त रमाईला, नचाउने किसीमका गीतहरुपनि बजारमा आईरहेका छन् तर बढिजसो मायाप्रेमका गीतहरु आउने गर्छन् कारण यस्ता गीतलाई दर्शकश्रोताले रुचाउछन् ।
नेपाली गीत संगीतको क्षेत्रमा एकपछी अर्को गर्दै निकै उत्कृष्ट गीत संगीत बजारमा आइरहेका छन् । सोहि क्रममा चर्चित गायक कुलेन्द्र बि.क र कोपिला ढकालको आवाजमा ‘पछेऊरी मलमल’ बोलको गीत सार्वजनिक भएको छ। लोमश शर्मा र अश्मिता रनपालको अभियनय रहेको गीतमा शिव हमालको शब्द,संगीत रहेको छ । उक्त गीतमा मिठो स्वरकी धनी गायिका कोपिला ढकाल र सबैको लोक प्रिय गायक कुलेन्द्र बि.क.को स्वर रहेको छ। मारुनी स्टुडियोमा रेकर्ड गरेको गीतलाई यम थापाले संगीत संयोजन गरेका हुन्।
होम गुरुङको निर्देशन/कोरीयोग्राफर रहेको उक्त भिडियोमा लोमश शर्मा र अश्मिता रनपालको अभियनय देख्न सकिन्छ। गणेश सापकोटाले छायांकन गरेको भिडियोलाई सुबाश अमगाईले सम्पादन, टिका प्रसाद अमगाईले कलर गरेका हुन् । यस म्यूजिक भिडियोको निर्माता सीता शर्मा रहेकी छिन। ‘पछेऊरी मलमल’ म्यूजिक भिडियो Shiva Hamal अफिसियल युट्युब च्यानल मार्फत् बजारमा आएको छ । सम्पूर्ण टिमलाई बधाई तथा सफलताको शुभकामना।
भिडियो हेर्नुहोस् :