News

जन्मदिनमा प्रेमिका सङबुनसँग ‘देम सारो’ मा राजेशपायलको त्याे बबाल डान्स (भिडियो हेर्नुहोस्)

काठमाडौं । गायक राजेशपायल राईको विषयमा अहिले चौतर्फी हल्ला चलिरहेको छ । साँचो हो या झूठो ? स्वयं गायक राईले भने यस विषयमा मुख खोलेका छैनन् । कुरो हो– विवाहको सुइँको नै नदिई पुत्रलाभ भएको ।

समाचारमा छाएअनुसार राजेशपायललाई पुत्रलाभ भएको छ र उनको छोरो काठमाडौंकै ह्याम्स अस्पतालमा दुई महिनाअघि जन्मिएका हुन् । बाहिर यसबारे चर्चा चले पनि गायक राईले अहिलेसम्म यसबारे कुनै आधिकारीक रुपमा जानकारी दिएका छैनन् ।

राजेशपायल सङबुन राईसँग विगत केही वर्षदेखि लिभिङ टुगेदरमा थिए । र, लिभिङ टुगेदरकै क्रममा सङबुङले सन्तानलाई जन्म दिएकी हुन् भनेर भनिएको छ ।

बाहिर राजेशपायलको विवाह नै नभई बच्चा भएको हो, होइन ? विश्वास गर्ने आधार के ? राजेशपायलले स्वयंले यसबारे खोइ त बोलेको ? यत्तिकै राजेशपायलले विवाह गरेको मान्ने आधार के ? उनले आफ्नो नातागोताको बच्चासँग फोटो खिचेको पनि त हुन सक्छ ? भन्ने प्रश्न पनि आइरहेका छन् । तर, त्यो प्रश्नको जवाफ दिने आधार राजेशपायलकी प्रेमिका सङबुन राईको फेसबुक र टिकटक हेर्दा उनीहरु औपचारिक रुपमा बाहिर श्रीमान, श्रीमती नभए पनि अनौपचारीक रुपमा मनमुटुमा श्रीमान, श्रीमती भइसकेको पुष्टि भने हुन्छ ।

सङबुनले टिकटकमा ‘हसबेन्ड–वाइफ’ भनेर राजेशपायललाई ट्याग गरेर लेखेका छन् भने फेसबुकमा पनि राजेशपायललाई ट्याग गरेर ‘माइ लभ टु दिस ब्यूटिफुल वल्र्ड’ लेखेकी छन् । सबैले दुवैलाई बधाइ पनि दिएका छन् । कन्सर्टका लागि नेपालबाहिर रहेका राजेशपायलले यसबारे हालसम्म कुनै प्रतिक्रिया दिएका छैनन् ।

यसबाट पनि पुष्टि हुन्छ कि दुईबीचको सम्बन्ध सामान्य नभई गहिरो नै हो । त्यसो त राजेशपायलले सङबुङ र आफू प्रेम सम्बन्ध रहेको र चाँडै नै विवाह बन्धनमा बाँधिने संकेत पनि यसअघि नै दिएका थिए । तैपनि उनीहरुले आफ्नो प्रेमसम्बन्धलाई गुपचुप नै राख्दै आएका थिए । सङबुन राजेशपायलभन्दा २६ बर्ष कान्छी छिन् । राजेशपायल अहिले ४६ वर्षका छन् भने सङबुन २० वर्षकी छन् ।

राजेशपायल र सङबुङको ‘डान्स’

एक वर्षअघि राजेशपायलको जन्मदिन मनाउन दुवै काठमाडौंको एक रिसोर्टमा पुगेका थिए । त्यहाँ पुगेर उनीहरुले जन्मदिनको केक काटेर खुसीयाली साटेका थिए । जन्मदिनको खुसीयाली त्यतिबेला खुबै रुचाइएको गीत ‘देम सारो’ मा दुवैले बबाल डान्स पनि गरेका थिए । यसले पनि राजेशपायल र सङबुनको गहिरो सम्बन्ध रहेको पुष्टि गर्छ । अहिले राजेशपायलले सङबुनलाई नक्सालको घरमा राखेको बताइन्छ ।

Related Articles

Back to top button