News
आज थप ६,९५१ जनामा कोरोना संक्रमण पुष्टि, ९,८४१ जना संक्रमणमुक्त
नेपालमा पछिल्लो घण्टामा देशभर ६,९५१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
१९,३१३ जनाको पीसीआर र ७९७ जनाको एन्तिजेन परीक्षणमा ६,९५१ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यो संगै हालसम्म नेपालमा कोरोना संक्रमितको संख्या ५ लाख ४९ हजार १११ पुगेको छ । त्यसैगरी पछिल्लो २४ घण्टामा ९,८४१ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै निको हुनेको संख्या ४ लाख २८ हजार ६७० पुगेको छ ।
हाल नेपालमा सक्रिय संक्रमितको संख्या १ लाख १३ हजार ३९४ रहेको छ । त्यसै गरी पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप ९६ जनाको मृत्यु भएको छ । यो सँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ७ हजार ४७ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।