News

केटालाई फसाउन बला’त्कारको झुटो जाहेरी दिने महिला भक्तपुरबाट पक्राउ

भक्तपुर : झुटो जाहेरी दिने एक जना महिलालाई भक्तपुर प्रहरीले नियन्त्रणमा लिएको छ। नवलपरासी वर्दघाट चिसापानी घर भई हाल काठमाडौं जडिबुटी डेरा गरी बस्ने ३४ वर्षीया महिलालाई पक्राउ गरेको हो।

ती महिलाले आफूलाई भक्तपुर जिल्लाको लोकन्थलीमा ल्याई अचेत बनाई एक पुरुषले जब’रजस्ती क’रणी गरेको भनी प्रहरी वृत्त ठिमीमा जाहेरी दरखास्त दिएका थिए।

उक्त निवेदनउपर अनुसन्धान गर्दा उक्त प्रकृतिको कुनै पनि घटना नभएको र उक्त पुरुष व्यक्तिलाई फसाउने नियतले कपोलकल्पित घटना बनाई जाहेरी दरखास्त समेत दिएकाले पक्राउ गरिएको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ।

उनलाई वृत्त ठिमीबाट नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भइरहेको परिसरका सूचना अधिकृत राजु पाण्डेले बताए। फाइल तस्बिर

Related Articles

Back to top button