News
चर्चित गायक राजेशपायल राइ बने छोराको बाबु, २६ वर्ष कान्छी प्रेमीकाले दिइन् छोरालाई जन्म
चर्चित गायक राजेशपायल राई छोराको बाबु बनेका छन् । उनी २६ वर्ष कान्छी प्रेमीकाले छोरो पाएसँगै उनी बाबु बनेका हु्न । केही समयदेखि साङबुङ राई नामकी युवतीसँग लिभइनमा रहेका उनी अविवाहित नै छन् ।
विवाह कहिले गर्ने भन्ने प्रश्नको सामना गर्दै आएका उनले एकाएक फ्यानलाई सरप्रइज दिएका छन् । करिब दुई महिनाअगाडि उनीहरुलाई पुत्रलाभ भएको निकटस्थ स्रोतले बतायो । यो खबरलाई राजेशपायलले अहिलेसम्म गोप्य राखेका छन् ।
राजेश ४६ वर्षका भए भने साङबुङ मात्र २० वर्षकी छिन् । साङबुङ एक फ्यानको रुपमा राजेशपायलसँग नजिकिएकी थिइन् । दुई महिना अगाडि धुम्बाराहीको ह्याम्स अस्पतालमा साङबुङले छोरा जन्माएपछि टिकटकमा एउटा तस्वीर पोष्ट गरेकी थिइन् ।
पछि लगत्तै उनले पोस्ट हटाएकी थिइन् । उनीहरुले विवाह गरिसकेका छन् वा छैनन् भन्ने खुलेको छैन ।