News

मंगलबारबाट हवाइ उडान सुरु हुने, यि देशबाट नेपाल आउन पाउने

काठमाडौं । सरकारले यही जेठ १८ गते मंगलबारबाट हवाइ उडान सुरु गर्ने भएको छ । कोरोनाभाइरस संक्रमण बढेपछि उडान सेवालाई सरकारले रोक लगाएको थियो ।

तर,  सरकारले आउँदो मंगलबारबाट चीन, कतार र टर्कीमा हवाइ उडान सुरु गर्दै हवाइ सेवालाई सुचारु गर्न लागेको हो । हालै बसेको मन्त्रिपरिषद् बैठकले चीन, कतार र टर्कीका लागि हप्तामा एक दिन हवाइ उडान सञ्चालन गर्न दिने निर्णय गरेको हो ।

तर, विदेशबाट नेपाल आउनेहरुका लागि भने केही शर्तहरु रहेका छन् । जसअन्तर्गत कोरोनाविरुद्धको दुवै मात्रा खोप लगाएको हुनुपर्ने, होम क्वारेन्टिनमा बस्नुपर्ने, एक मात्रा मात्रै खोप लगाएको व्यक्ति होटलमा ३ दिन क्वारेन्टिनमा बस्नुपर्ने, ७२ घण्टाको पीसीआर नेगेटिभ रिपोर्ट लिएर आएका यात्रु १० दिन अनिवार्य होटल क्वारेन्टिनमा बस्नुपर्ने छ ।

Related Articles

Back to top button