EntertainmentVideo

दोहोरी गायिका बाटोमा चटपटे बेच्दै, गीत गाउँदै भक्कानिन्छन् संगीता (भिडियो सहित)

चितवन टाँडी घर भएकी दोहोरी साँझमा गीत गाउने गायिका संगीता यतिबेला नवलपुरमा एउटा ठेलामा चटपटे बेच्ने गरेकी छिन्। उनको दुइटा जुम्लेहा बच्चा समेत रहेछन्। उनी दोहोरी साँझमा काम गर्दा आफूलाई खाँचो पर्दा भनेको बेलामा पैसा नपाउने भएका कारणले उनले आफ्नै व्यवसाय सुरु गरेको बताएकी छिन्।

उनी बिहान सबेरै चटपटे बेच्न आउने गरेकी रहेछिन् अनि त्यसपछि बेलका घर फर्कदा खेरि करिब ९ बजे घर पुग्दा उनको दिनको ४०० जति कमाई हुने गरेको रहेछ। उनी भन्छिन्,’ मैले काम त धेरै ठाउँमा गरे सुरुमा या चितवनको डाँफे दोहोरी बाट गरेको थिए त्यसपछि काठमाण्डौ गए उतै काम गर्ने थाले अनि बिबाह भएर बच्चा हरू भए।’

‘अहिले चाई काठमाण्डौं बाट फर्केर यहाँ आएको ७ महिना जाती भयो। श्रीमान भने अहिले धनगढीमा एउटा दोहोरी साँझमा गीत गाउने गर्नु हुन्छ। उनी आफ्नु कथा गाथा सबै सुनाउँदै रुन्छिन् अनि कहीले दोहोरि गाउँदै खुसी हुन्छिन्। कहिलकाहीँ भावुक हुन्छु गीत गाउँदा खेरी केही आफूलाई पनि छुन्छ।’

‘केही गरौँला भनेर सोच्यो भने पनि सुरुमै आशा अपेक्षा नै हराएर जान्छ। म काठमाण्डौं गएर उतै बसेर मेरो बच्चा सात महिना सम्मको पेटमा हुँदा पनि मैले दोहोरी माई काम गरेको थिएँ तर त्यसपछि भने मैले काम गर्न सकिनँ पेट दुख्ने भएका कारण अनि म बच्चा जन्माउने बेलामा म घर चितवन फर्किए।’

‘त्यसपछि बच्चा जन्मिए पछी हामी काठमाण्डौं नै फर्कियौ अनि जति सक्दो दुःख गरेर भए पनि बच्चाहरु लाइ काठमाण्डौंमा हुर्कायौ। अब गीतमा धेरै सङ्घर्ष गर्दा खेरी सफल हुन सकिएन त्यही भएर होला गीत सुन्दा अनि गाउँदा अनि त्यो नाम लिए पछी चाई रुन मन लाग्छ जति गरे पनि नहुने जस्तो लाग्छ मलाई।’

Related Articles

Back to top button